Jilla Ban Notis

लायन्स क्लव अफ नवलपरासी दाउन्नेकोे १४ औं चाटर नाईट कार्यक्रम सम्पन्न ।

0 194

कृष्ण ढकाल
बर्दघाट,पौष–२६

लायन्स क्लव अफ नवलपरासी दाउन्नेकोे १४ औं चाटर नाईट कार्यक्रम सम्पन्न् भएको छ । क्लवका अध्यक्ष भिम प्रसाद सुवेदी (मनोज) को अध्यक्षता र संस्थापक अध्यक्ष धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा १४ औं चाटर नाईट कार्यक्रम सोमवार सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै संस्थापक अध्यक्ष धिरज शर्मा बस्यालले लायन्स क्लव अफ नवलपरासी दाउन्ने समाज सेवामा लगि परेको एउटा नमुना संस्थाका रुपमा उदयमान हुदै गएको बताउनु भएको थियो । समाजमा लायन्स कल्व भनेको धनीहरुको संस्था भनेर भन्ने गरेपनि यो वास्तमै धनीमनकारीहरुको संस्था रहेको ताउनु भएको थियो । आफुभन्दा कम भाग्यमानीहरुलाई सहयोग गर्नेहरुको संगठन भएकाले लायन्सहरु आफैमा भाग्यमानी पनि रहेको बताउनु भएको थियो । शुरुमा लायन्स क्लव अफ नवलपरासी दाउन्नेलाइ बचाउन पनि ग्राहो भएको स्मरणगर्दै अहिले क्लवको गतिविधिहरु हेर्दा आफु निक्कै खुशी एको उहांको अभिब्यक्ती रहेको थियो ।

१४ औं चाटर नाईट कार्यक्रममा क्लवका अध्यक्ष भिम प्रसाद सुवेदी (मनोज)ले अहिले सम्म आफ्नो कार्यकालमा भएका कार्यक्रमहरुको बारेमा जानकारी दिनुगराउनु भएको थियो । उहांले गराउनु भएको जानकारी अनुसार वृक्षारोपण,स्वास्थ्य शिविर,न्यानो कपडा वितरण,चित्रकला प्रतियोगिता,रक्तदान,क्षमता अभिवृद्धिका लागि मोटिवेसन प्रशिक्षण, लायन्स स्मारीका प्रकाशन ,चाटर नाईट लगाएतका कार्यक्रमहरु गरेर क्लवलाई क्रियाशिल बनाउने प्रयास गरेको जानकारी गराउनु भएको थियो ।

सन्देश भण्डारीको संचालन रहेको १४ औं चाटर नाईट कार्यक्रममा सान्तोष कुमार जोसी, कमला शर्मा,लक्ष्मण भट्टराई,शिवकुमारी भट्टराइ,श्रीकृष्ण न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।


यस अघि लायन्स क्लव अफ नवलपरासी दाउन्नेले आफ्नो १४ औं वार्षीक स्थापना दिवसको अवसरमा गत पौष २३ गते शनिबार एक दिने “निःशुल्क मधुमेह तथा दन्त परिक्षण एवं परामर्श शिबिर“सम्पन्न गरेको थियो ।

शिबिरमा १ सय ९० जना ले आफ्नो स्वास्थ्य परिक्षण गरेको कार्यक्रम संयोजक डा.सन्जिव प्रसाईले जानकारी गराउनु भएको छ । उहां अनुसार १ सय जनाले मधुमेह (सुगर)को परिक्ष्ण गराएका थिए भने ९० जनाले आफ्नो दन्त परिक्षण गराएका थिए । शिविरमा डा .मनोज कार्कि, डा.सन्जिव प्रसाई, डा. दिपा अधिकारी,डा.भानु पौडेल लगाएतको टिमले सेवा प्रदान गर्नु भएको थियो ।

@gauledarpan

लायन्स क्लव अफ नवलपरासी दाउन्नेले आफ्नो १४ औं वार्षीकोत्सवका अवसरमा खुशीयाली साटासाट गर्दै

♬ original sound – Gauledarpan – Gauledarpan

Leave A Reply

Your email address will not be published.