Jilla Ban Notis

बर्दघाट नगरपालिकाद्वारा राजस्व संकलनलाई तीब्रता दिदै करका दायरा बृद्धि गर्ने नीति

0 67

 रवि पाण्डेय

बर्दघाट,पौष -२०

बर्दघाट नगरपालिकाले राजस्व संकलनलाई तीब्रता दिदै करका दायरा बृद्धि गर्ने नीति लिएको जनाएको छ । मंगलवार स्थानीय राजस्व परामर्श समितिको बैठकले करको दर बृद्धि नगर्ने तर दायरा भने बृद्धि गर्दै जाने नीति बनाएको जनाएको छ । सो अवसरमा समितिका संरक्षक तथा नगर प्रमुख शम्भुलाल श्रेष्ठले धारणा राख्दै करमैत्री नगर बनाउदै लैजाने बिषयमा धारणा राख्नुभयो ।

बैठकमा समितिका संयोजक रहनुभएका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले राजस्व संकलन नगरी खर्च गर्न नहुने जोड दिदै खर्च गर्दा दुरुपयोग नहुने गरी खर्च गर्नुपर्ने बताउनुभएको थियो । राजस्व संकलनलाई करका दायरा बृद्धि गर्नुपर्छ –उहाँले भन्नुभयो– करका दरलाई भने हामीले चलाउनु हुदैन । कर बाट संकलित रकमलाई हामीले पारदर्शी रुपमा विकासका लागि खर्च गर्नुपर्छ ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बिभिन्न पालिकाहरुले कर संकलन गर्न गरेको प्रयोग बारे उल्लेख गर्दै कर संकलनमा तदारुकता आवश्यक रहेको बताउनुभयो । एक सहभागीका अनुसार सो अवसरमा घरबहाल कर तथा नयाँ नक्सा पास गर्न बारे समेत छलफल भएको थियो ।

११ औं नगरसभा तथा हिउदे सभा संचालन भएको सन्र्दभमा समितिको बैठक बसेको हो । बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रक्षेपण गर्ने बारे समेत छलफल भएको थियो । आगामी आर्थिक बर्षको करिब ९५ करोड बजेट प्रक्षेपण गर्ने बारे समेत बिभिन्न निर्णय भएको बैठक सम्बद्ध स्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.