Jilla Ban Notis

बर्दघाट नगरपालिकाको ११ औं नगर सभा आजदेखि शुरु ।

0 117

कृष्ण ढकाल
बर्दघाट,पुष–१३

पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकाको ११ औं नगर सभा आजदेखि शुरु भएको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता र प्रतिनिधि सभा सदस्य सरीता खनालको प्रमुख आतिथ्यतामा नगर सभाको समुद्घाटन गरीएको थियो।

नगर सभा समुद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य खनालले कृषि , उद्योग र पर्यटनक्षेत्रको विकासका माध्यामवाट समाजलाई समृद्ध तर्फलान सकिने भएकाले नगरले आफ्ना योजनालाई त्यस तर्फ बढी केन्द्रित गर्न सुझाब दिनु भएको थियो । त्यसैगरी आन्तरीक पर्यटकको विकास गर्नेक्रममा लुम्बिनीसंग जोडेर अघिल्लो सरकारले अघि बढाएका कामहरुलाई पुरागर्न तर्फ पनि लाग्न जरुरी रहेकोमा जोड दिनु भएको थियो ।

त्यसैगरी संविद्यान सभा सदस्य विक्रम खनालले शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रमा सुधारगर्दै अघि बढ्न र करको दायरा फराकिलो बनाएर किसानलाई मार नपर्ने गरी अघि बढ्न सुझाव दिनु भएको थियो ।
सरकार जनता प्रति उत्तरदायि बन्दै जनमुखि योजना ल्याने र सरकारलाई सरफलपार्न कर्मचारीहरु कटिबद्ध भएर लागनु पर्नेमा संविद्यान सभा सदस्य खनालले जोड दिनु भएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्यव समिति नवलपरासीका अध्यक्ष भगवती यादव (रुदल) ले जनप्रतिनिधि र कर्मचारीहरु मिलेर सामाजिक कार्यमा एकभएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो । त्यसैगरी नगर प्रमुख श्रेष्ठले चिसापानी अस्पतालको स्तरउन्नती गर्ने देखि चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा विशेषज्ञ डाक्टरको ब्यवस्था गरेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाईएको बताउनु भएको थियो । उहांले किसानहरुलाई अनुदान दिने देखि युवाहरुलाई सिप प्रदान गर्ने सम्मका कार्यमा नगरपालिका लागि परेको र भौतिक निमार्णका कार्यमा प्रदेश र संघसंग सहकार्य गरीरहेको बताउनु भएको थियो ।

आज देखि शुरु भएको ११ औं नगर सभामा चालु आर्थिक बर्षको दोस्रो नगर सभा आवाहन गर्ने विषय देखि अहिले सम्म नगरले प्रकाशन गरेका ऐन,निति,नियम,कार्यविधि र मापदण्डहरु संसोधन एवं पुनरावलोकन गर्ने विषयमा छलफल हुने जनाईएको छ । त्यसैगरी प्रतिनिधि सभा र प्रदेश सभासदस्यहरुसंग योजना छनोटका विषयमा छलफल गर्ने,खोला ,घोला सफाईको रकम भुक्तानी दिने बिषय,बसपार्कको आय ठेक्का ,शेयर लगानी र प्रारम्भिक वातावरणीय परिक्षणका विषयमा समेत नगरसभा केन्द्रित रहने बर्दघाट नगरका नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्ययाले बताउनु भएको छ।

Leave A Reply

Your email address will not be published.