Jilla Ban Notis

जेष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न

0 114

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२७
बर्दघाट नगरपालिका वडा नम्वर १ ले आफ्नो वार्षीक कार्ययोजना अनुसार आज ३६ जना जेष्ठनागरीकहरुलाई सम्मान गरेको छ । ८० वर्ष भन्दा माथीका जेष्ठनागरीकहरुलाइ नगर प्रमुख शम्भुलाल श्रेष्ठ मार्फत एक एक थान बलाङ्केट दिएर सम्मान गरेको हो ।
अहिले जाडोको सिजन चलेकाले जेष्ठनागरीकहरुलाई न्यानो कपडा आवश्यक पर्ने भएकाले न्यानो कपडा दिएर सम्मान गरीएको वडाध्यक्ष सन्दिप सापकोटाले बताउनु भएको छ ।

वडा नम्वर १ का वडाध्यक्ष सन्दिप सापकोटाको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरका सबै नागरीकहरुको सम्मान गर्नु नगरको दायित्व रहेको बताउदै न्यानो कपाडा वितरण मात्र नभै जेष्ठनागरीकहरुका लागि हिड्ने सहारा लठ्ठी ,स्वास्थ्य सेवा लगाएतका अन्य सुविद्याहरु समेत प्रदान गरीएको बताउनु भएको थियो ।

सम्मान कार्यक्रममा बर्तमान तथा निर्वतमान वडासदस्यहरु लगाए स्थानिय समाज सेवीहरुको समेत उपस्थिती हरेको थियो ।

Leave A Reply

Your email address will not be published.