Bardaghat Na pa

रिटर्नी फेडेरेसन नेपाल रामग्राम नगर कमिटीको भेला सम्पन्न

127

परासी, कार्तिक-२३

वेनीमाधब बस्याल
रिटर्नी फेडेरेसन नेपाल रामग्राम नगर कमिटीको भेला आज परासीमा सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटी उपसचिव राजन कुमार आचार्यको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि आचार्यले नेपाली दक्ष जनशक्ति दैनिक रूपमा वैदेशिक रोजगारीमा जाने क्रम नरोकिदासम्म सुन्दर नेपालको परिकल्पना गर्न नसकिने बताउनुभयो। स्वदेशमै रोजगारी सिर्जना गर्न र बैदेशिक रोजगारीवाट प्राप्त गरेको सिपलाई नेपाली माटो मै खन्याउन सके मात्र हामीले सोचेको सुन्दर नेपाल निर्माण हुने अर्यालले बताउनुभयो। साथै उहाँले यस संस्थाले नवलपरासीका हरेक पालिकामा वैदेशिक रोजगारीबाट फर्कनेलाई रोक्न अहम् भूमिका निर्वाह गर्ने बताउनुभएको थियो।

फेडेरेसन नेपाल लुम्बिनी प्रदेशका उपसचिव यादव अर्यालले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै नेपालबाट वैदेशिक रोजगारीमा गएर फर्केका दक्ष जनशक्तिको सिप र लगानी नेपालमै गर्नुपर्दछ भन्ने उद्देश्यले यो संगठन खुलेको जानकारी गराउनुभयो। व्यापार ,उद्योग कृषि आदि क्षेत्रमा काम गर्ने नेपाली दाजुभाइको कामलाई बजारीकरणमा सजिलो होस् भनेर र उनिहरूको कामलाई प्रचारप्रसार गर्न यस संस्थाले अहम् भूमिका खेल्ने जानकारी दिनुभयो। पश्चिम नवलपरासीमा पनि यो संस्था दुईवटा पालिका बाहेक सबै पालिकामा विस्तार भएको र वैदेशिक रोजगारीबाट फर्केका नेपाली दाजुभाईहरुलाई नेपाल मै स्वरोजगार बनाउने अभियान यस संस्थाले गरेको जानकारी दिनुभयो । त्यसैगरी आज फेडेरेसन नेपाल रामग्रामको महमद रज्जाक मियाको अध्यक्षतामा पन्ध्र सदस्यीय नगर कमिटीको पनि विस्तार भएको छ ।
रिटर्नी फेडेरेसन नेपाल पश्चिम नवलपरासीका अध्यक्ष चिरञ्जीवी खरालको सभाध्यक्षता सम्पन्न कार्यक्रममा नेकपा एमाले रामग्रामका सचिव दिपक कुमार गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमलाई स्वागत रिटर्नी फेडेरेसन नेपाल सुनवल नगर कमिटीका सचिब युवराज पुनले गर्नुभएको थियो भने कार्यक्रमको संचालन जिल्ला सचिव यस बादुर बराल मगरले गर्नुभएको थियो।