Sarawal sit lahar Notis

बर्दघाटमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

0 74

रामु भुसाल
बर्दघाट,कार्तिक–५
पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ नेपाल (३२५ पि.टु जोन १९) को आयोजना तथा लायन्स क्लब अफ नवलपरासी दाउन्ने, लायन्स क्लब अफ नवलपरासी बर्दघाट र लियो क्लब अफ नवलपरासी दाउन्नेको संयुक्त सहकार्य एवं रक्तसञ्चार केन्द्र परासीको प्राविधिक सहयोगमा सो खुल्ला रक्तदान कार्यकम सम्पन्न भएको हो ।
लायन्स क्लब अफ नवलपरासी बर्दघाटका संस्थापक अध्यक्ष एवं ईन्टरनेशनल लायन्स क्लब अफ नेपाल (जोन १९ ) की अध्यक्ष कमला शर्मा बस्यालको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले हाल देशमा डेंगुको प्रकोप बढिरहदा विभिन्न अस्पतालहरुमा रगतको अभाव देखिएको हुदा क्लबको सामाजिक उत्तरदायित्तव अन्तर्गत खुल्ला रक्तदानको आयोजनाको गरिएको बताउनुभयो ।
साथै उहाले सो काममा सहयोग गर्नुहुने सम्पुर्णमा आभार ब्यक्त गर्दै रक्तदानको महत्व बारे सचेतना फैलाउन जरुरी रहेको बताउनुभयो । सो खुल्ला रक्तदान कार्यक््रममा महिला ९ जना र पुरुष ५१ जना गरी कुल ६० जनाले रक्तदान गररेको लायन्स क्लब अफ नवलपरासी बर्दघाटकी अध्यक्ष शिबकुमारी भटट्राईले जानकारी दिनुभयो । लायन्स क्लब अफ नवलपरासी दाउन्नेका अध्यक्ष भिम प्रसाद सुवेदीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ बर्दघाटका सहसचिव लक्ष्मी शर्माले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.