Sarawal sit lahar Notis

जनकल्याण साकोसको बार्षिक साधरण सभा सम्पन्न ।

0 74

रामु भुसाल
बर्दघाट,असोज–१
जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेड बर्दघाट(९ पश्चिम नवलपरासीको ३० औ बार्षिक साधरण सभा तथा १३ औँ अधिबेशन शनिबार सम्पन्न भएको छ । सस्थाका अध्यक्ष डिक बहादुर पाण्डे छेत्रीको अध्यक्षता, संविधान सभा सदस्य बिक्रम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले सहकारीहरुले आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षाका साथ साथै वित्तिय साक्षरता सञ्चालन गरि उद्यमशिल बनाउनु पर्नेमा जोड दिनु भएको छ ।
खनालले सहकारी संस्था आर्थिक रुपान्तरण गर्नका लागि मात्रै नभएर हाम्रो समाजमा भएका विविधतालाइ संरक्षण गर्दै समाजमा एकताबद्ध भएर अगाडि बढनका लागि सहकारी संस्थाको अत्यन्त ठुलो भुमिका रहेको बताउनुभयो । त्यसैगरी नेफस्कुनका केन्द्रिय वरिष्ट उपाध्यक्ष चन्द्र ढकालले सहकारीका शेयर सदस्यहरुलाई आत्मनिर्भर र ससक्तिकरण गराउदै आर्थिक रुपान्तरणमा सहकारी अघि बढनु पर्नेमा जोड दिनुभयो ।

उहांले कतिपय सहकारीहरुमा कर्मचारीहरुले संस्थाको रकम हिनामिना गरेको गुनासो बढ्दै जादा सहकारी सञ्चालकहरुले सो कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।सो अबसरमा अध्यक्षको प्रतिबेदन संस्थाका अध्यक्ष डिक बहादुर पाण्डे छेत्रीले प्रस्तुत गर्नुभएको थियो भने सस्थाका कोषाध्यक्ष योगेन्द्र भट्टराईले संस्थाले करिब ५३ करोडको आर्थिक कारोबार गरेकोमा १ करोड बढी आम्दानी गर्न सफल रहेको बताउनु भयो।

त्यस्तै, संस्थाका सचिव दिपक थापा क्षेत्रीले संचालक समितिले गरेको निर्णय र प्रस्तावित निति तथा कार्यक्रमहरुको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन लेखा सम्योजक सन्तोष कुमार श्रेगष्ठले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ, विभिन्न सस्थाको तर्फ देखी पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष यम बहादुर क्षेत्री, विभिन्न सहकारीका तर्फ देखी ग्रामिण साकोसका अध्यक्ष देवी प्रसाद अधिकारी, सस्थापक सदस्य कुलदिप आचार्य, पुर्व अध्यक्ष बालकृष्ण लम्साल, बर्दघाट ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाई लागएतले शुभकामना मन्तब्य राख्नु भएको थियो।
सो अवसरमा सामुदायिक र सस्थागत विद्यालयमा अध्ययनरत आफ्ना शेयर सदस्यका उत्कृष्ट अंक ल्याइ एसईई उत्तिर्ण गरेका २, २ जना छात्र छात्रा , उत्कृष्ट ज्येष्ठ नागरिक सदस्य, सञ्चालक, कर्मचारी, ऋणि, शेयर सदस्य, बचतकर्ता लगाएत निर्वतमान कार्य समितिलाई समेत प्रमाण पत्र सहित सम्मान गरीएको थियो ।
संस्थाको उपाध्यक्ष मनमाया सुबेदिको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संस्थाका सचिव दिपक क्षेत्रीले गर्नु भएको थियो । २०५० सालमा स्थापना भएको यस सस्थामा हाल ६ हजार ३ सय ८३ जना शेयर सदस्य रहेका छन भने सस्थाको कार्य क्षेत्र बर्दघाट नगरपालिका, सुनवल नगरपालिका, सरावल गाउपालिका र प्रतापपुर गाउपालिका रहेको छ भने सस्थाले बर्दघाट, बासाबसही, भटवलिया र गोपिगन्ज सेवा केन्द्र मार्फत सेवा प्रदान गरिरहेको छ । १३ औँ अधिबेशनले आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयनका लागी प्रकृया अगाडी बढाएको सस्थाका ब्यवस्थापक यमलाल खरेलले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.