sunwal

नवयुवा क्लवको नवौ अधिवेशनवाट अमर बहादुर थापाको नेतृत्वमा नयां कार्यसमिति चयन ।

110

कृष्ण ढकाल
बर्दघाट,भदौं–२५
बर्दघाट नगरपालिका वडा नम्वर १६ मा रहेको नवयुवा क्लवको नवौ अधिवेशनले अमर बहादुर थापाको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको छ । जस्को उपाध्यक्ष्ँमा पदमराज साप्कोटा,सचिवमा भोज बहादुर राना , कोषाध्यक्षमा अमृता थापा मगर (मल्ल)र सह–सचिवमा पृतम खड्काथोकी सर्वसम्मत चयन हुनु भएको निर्वाचन मण्डलका संयोजक ईन्द्र गुरुङ्गले जानकारी दिनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा सम्झना गुरुङ,मिन बहादुर गुरुङ,चन्द्र गिरी,प्रदिप बानिया र सायर गुरुङ चयन हुनु भएको छ ।

क्लवका अध्यक्ष भिमकाजी गुरुङको अध्यक्षता र संविद्यान सभा सदस्य विक्रम खनालको प्रमुख आतिथ्यतामा भएको नवयुवा क्लवको १४ औँ साधारण सभा तथा नवौ अधिवेशन कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ,उप–प्रमुख रुद्र प्रकाश उपाध्याय,वडाध्यक्ष सन्तु गाहा लगाएतको उपस्थिती रहेको थियो ।

सो क्रममा बोल्ने ब्यक्तिहरुले बर्दघाटको खेलकुद क्ष्ँेत्रको बिकासका निम्ति नवयुवा क्लवको भूमिका महत्वपूर्ण रहेको बताउदै नगरको पहिचानमा क्ल्वले पुर्याएको योगदानको प्रसंशा गरेको बताईएको छ । त्यसैगरी क्लवका अध्यक्ष भिम गुरुङ्गले छिट्टै फुटवल एकेडेमि निर्माण गर्ने समेत बताउनु भएको जनाईएको छ ।