Jilla Ban Notis

रिटर्नी फेडेरेसन नेपाल सुनवल नगर कमिटिको अध्यक्षमा डिलु गैरे

0 213

कृष्ण ढकाल
बर्दघाट,भदौं–१८
रिटर्नी फेडेरेसन नेपाल नवलपरासीले शनिवार सुनवलमा नगरभेला सम्पन गरेको छ । सुनवल नगरपालिकाकी नगर प्रमुख तथा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य एवं जिल्ला सह–ईन्चार्ज बिमला अर्यालको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न् भएको छ ।
बैदेशीक रोजगारीबाट फर्केका सुनवल नगरका नगरवासीहरको भेलाले डिलु गैरे को नेतृत्वमा १७ सदस्य रिटर्नी फेडेरेसन नेपाल सुनवल नगर कमिटि गठन गरिएको रिटर्नी फेडेरेसन नेपाल नवलपरासीका जिल्ला अध्यक्ष चिरन्जीवी खराल (रामु) ले बताउनु भएको छ ।

भेलामा ने क पा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा नवलपरासी जिल्ला कमिटी अध्यक्ष एवं लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी लुम्बिनी प्रदेश सदस्य एवं ंविधान सभा सदस्य सिन्धुु जलेसा बुढाथोकी , लुम्बिनी प्रदेश सदस्य थान प्रसाद गैरे ,रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज एवं नवलपरासी लिल्ला इन्चार्ज कृष्ण प्रसाद भुसाल लगाएतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

रिटर्नी फेडेरेसन नेपाल नवलपरासीका जिल्ला अध्यक्ष चिरञ्जीवी खरालको अध्यक्षता र उपाध्यक्ष धर्मागत पाण्डेको स्वागत र सह सचीव कुमार आलेको संचालनमा कार्यक्रम सम्पन्न् भएको थियो ।

Leave A Reply

Your email address will not be published.