Jilla Ban Notis

नवलपरासी फोटोग्राफर सघंद्धारा रक्तदान सम्पन्न् ।

0 14

कृष्ण ढकाल
बर्दघाट,भदौं–५
श्रम र सिपको सदुपयोग गरौं,सम्पूर्ण फोटोग्राफर एकजुट होऔं भन्ने मुल नाराकासाथ आज नवलपरासी फोटोग्राफर संघले रक्तदान कार्यक्रम सम्पन्न् गरेको छ ।

सुनवलको भुमहिमा भएको उक्त रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेको संघका महासचिव टेक बहादुर बुढाथोकीले जानकारी गराउनु भएको छ ।

५० पुरुष र ४ महिला ले रक्तदान गरेको उक्त कार्यक्रममा नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोग रहेको थियो ।

नवलपरासी फोटोग्राफर संघको स्थापना दिवसको अवसर पारेर आयोजना गरीएको खुल्ला रक्तदान कार्यक्रम संघका अध्यक्ष चेतनारायण पाण्डेको अध्यक्षता र
नेपाल रेडक्रश सोसाईटीका सुरज के.सीको प्रमुख अतिथ्यता एवं महासचिव टेक बहादुर बुढाथोकीको संचालनमा सम्पन्न् भएको थियो ।

आज भएको कार्यक्रमको संयोजक प्रेम गौतम रहनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.