Jilla Ban Notis

सुर्य ज्योति युवा क्लबद्धारा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न ।

0 50

माधब प्रसाद घिमिरे
बर्दघाट,साउन–२८
सुर्य ज्योति युवा क्लब बर्दघाट–२ चिसापानीले एक दिवसीय स्वास्थ्य सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राम भण्डारीको अध्यक्षता र जिल्ला समन्वय समितिका सदस्य धनिराम चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो ।

कार्यक्रममा वडा नम्वर २का वडाध्यक्ष गणेश क्षेत्री, चिसापानी सामुदायिक वनका अध्यक्ष होम बहादुर गुरुङ्ग लगाएतको उपस्थिती रहेको कार्याक्रममा कृष्ण रिजाल,ईश्वरी प्रसाद घर्तिै जुना सारु मगरले सहजीकरण गर्नु भएको थियो ।

मानिसको दैनिक खानापान र त्यसले पार्ने प्रभावका वारेमा जानकारी दिनका लागि आयोजना गरीएको उक्त कार्यक्रममा स्थानिय ८० बढी मानिसहरुको सहभागिता रहेको थियो । रोयल कटेजको सभाहलमा आयोजना गरीएको उक्त कार्यक्रम संस्थाकी कोषाध्यक्ष दिपा न्यौपानेको स्वागत तथा कार्यसमिति सदस्य तथा नगर कार्यपालिका सदस्य प्रेम भुजेलले गर्नु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.