Jilla Ban Notis

वाइसीएल नेपालको जिल्ला संयोजकमा मोहन सापकोटा

0 42

कृष्ण ढकाल
बर्दघाट,साउन–२४
नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)को यहि साउन ३ गते भएको केन्द्रिय कमिटिको भर्चुअल बैठकले नवलपरासी जिल्लाको संयोजकको जिम्मेवारी मोहन सापकोटालाई दिने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्रका पोलिटब्याूरो सदस्य तथा संगठनका फ्याक्सन ईन्चार्ज राम प्रसाद सापकोटा ( दिप शिखा) को प्रमुख आतिथ्यतामा भएको उक्त केन्द्रिय कमिटिको बैठकले नवलपरासी जिल्लाको संयोजकको जिम्मेवारी मोहन सापकोटालाई दिने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रको जनयुद्ध कालमा क्रान्तिलाई सहयोग र ऊर्जा प्रदान गर्न सहयोगी संस्थाको रूपमा गठन भएको यो भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)को स्थापना ठ्याक्कै समय थाहा पाउन नसके पनि वाइसीएल का अध्यक्ष गणेशमान पुनले नोभेम्बर २००६ मा पुनः सक्रिय बनाएर पार्टीको सैन्य र राजनीतिक चरित्रको संयोजनमा पार्टीलाई सहयोग गर्ने कार्यमा जुटाएका थिए ।

विचमा नेकपा बनेसंगै केहि समय निक्रिय रहेको वाइसीएल पछि सर्वोच्च अदालतको फैसलाले माउ पार्टी माओवादी केन्द्र पुनर्स्थापित भएसँगै वाईसीएल पनि ब्युँतिएको हो । २०६४ सालमा पार्टीलाई बलियो बनाउँन यहि वाइसीएलले महत्वपूर्ण योगदान गरेको थियो ।

सन् २००७ मा काठमाडौंमा पहिलो राष्ट्रिय अधिवेशनमा वाईसीएलले गणेशमान पुनलाई अध्यक्ष र उमा भुजेललाई उपाध्यक्षमा ४५ सदस्यीय नयाँ केन्द्रीय समिति गठन गरेको थियो । अहिले यहि साउन ३ गते भएको केन्द्रिय कमिटिको भर्चुअल बैठकले अब योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)को दोस्रो राष्ट्रिय भेला यहि भाद्र ३ र ४ गते काठमाण्डौमा गर्ने निर्णय गरेको छ ।

दोस्रो राष्ट्रिय भेला सम्पन्न् गर्न बैठकले सुमन देवकोटाको संयोजकत्वमा विद्यान प्रतिवेदन लेखन समिति लगाएतका विभिन्न समितिहरु गठन गरेर जिम्मेवारी समेत प्रदान गरेको छ भने नवलपरासी सहित पाँच जिल्लाका वाईसिएल जिल्ला संयोजकको जिम्मेवारी हेरफेर गरेको छ ।

Leave A Reply

Your email address will not be published.