Jilla Ban Notis

बैदेशिक रोजगार सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न

0 67

रामु भुसाल
बर्दघाट,साउन–१९
सुरक्षित आप्रवासन तथा बैदेशिक रोजगार सम्बन्धि सचेतना मुलक कार्यक्रम विहिबार बर्दघाट–१२,भटौवलियामा सम्पन्न भएको छ । पुस्तकालय ब्यवस्थापन समितिका अध्यक्ष सुरज केसीको अध्यक्षता तथा बर्दघाट वडा नम्बर १२ का वडाअध्यक्ष उमाशंकर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्र्तकृया कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र ब्यवस्थित बनाउन सबै लाग्न जरुी रहेको बताउनु भएको थियो ।

पश्चिम नवलपरासीको जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बर्दघाट १२ भटौलिया द्धारा रिड नेपाल र आइरेक्शको सहकार्यमा सञ्चालित दियो परियोजना अन्तर्गत को कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले बैदेशिक रोजगारमा जानेले सिप सिकि सहि सुचना लिएर गएमा बैदेशिक रोजगार फलदायी हुने बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष सुरज केसीले पुस्तकालयले ग्रामिण बस्तीका बासिन्दालाई लक्षित गरि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको र बैदेशिक रोजगारको क्षेत्रमा समेत सुचना प्रवाह गर्दै आइरहेकोले बैदेशिक रोजगारका कूनै समस्या तथा चुनौती भएमा पुस्तकालयमा सम्पर्क गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बैदेशिक रोजगारका समस्यामा, चुनौती र समाधानका उपाय र सहभागिका तर्फबाट सोधिएको प्रश्नको सहजिकरण गर्दै आप्रवासी परिवार हकहित मञ्चका जिल्ला अध्यक्ष रामु भुसालले बैदेशिक रोजगारमा जादा अपनाउनुपर्ने सावधानी र समस्या पर्दा गर्नुपर्ने प्रकृयाका बारेमा सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा बैदेशिक रोजगारमा जान चाहने, बैदेशिक रोजगारबाट फर्केका र बैदेशिक रोजगार संग सम्बन्धित परिवार, विभिन्न संघ सस्थाका प्रतिनिधि, पुस्तकालयका पदाधिकारी, कर्मचारी लगाएतको उपस्थिती रहेको थियो । पुस्तकालय ब्यवस्थापन समितिका सदस्य मुरली कृष्ण खनालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन समितिका सचिव गोपाल सिँह आलेले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.