Jilla Ban Notis

सरावल गाउपालिकाको दशौंगाउँसभा सम्पन्न कृषि ,स्वास्थ्य र शिक्षालाई बिशेष प्राथमिकता ।

0 27

महेश यादव
सरावल,असार–१०
सरावल गाउपालिकाको दशौंगाउँसभाले आर्थिक बर्ष २०७९र०८० का लागि नीति तथा कार्यक्रम सार्बजनिक गर्दै सभा सम्पन्न गरेको छ ।

सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ चौधरीले स्थानीय सरकार संघीयताको उपलब्धि भएकोले सरावल बासि जनताको आवश्यकतालाई बुझ्दै पुर्वाधार बिकासलाई बिशेष जोड दिएर काम गर्नुपर्ने बताउनुभएको थियो । साथै पालिका बासिहरुको समग्र विकासमा स्थानीय निकायको महत्त्वपूर्ण भुमिका एवम् जिम्मेवार भएकोले सरावल गाउँपालिकाको विकास निर्माण कार्यमा हातेमालो गरेर अगाडि बढ्न सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीलाई सुझाव समेत दिनुभएके थियो ।

सरावल गाउँपालिकाका अध्यक्ष एवम् दशौंगाउँसभाका सभाध्यक्ष सुखाडी प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको दशौं गाउँसभामा कृषि, स्वास्थ्य तथा महिला एवं बालबालिका र पुर्वाधार बिकासलाई बिशेष प्राथमिकता दिएको पालिकाको नीति तथा कार्यक्रम सभा समक्ष प्रस्तुतगर्नुभएको थियो ।

सभाले ५६ करोड ८७ लाख १३ हजार बराबरको बार्षिक बजेट गाउँपालिका उपाध्यक्ष बासमती हरिजनले प्रस्तुत गर्नुभएको थियो। जसअन्तर्गत चालू तर्फ ३३ करोड ८९ लाख ३ हजार ३ सय ९४ रुपैया तथा पुजिगत तर्फ २२ करोड ९८ लाख ९ हजार ६ सय ६ रुपैया रहेको छ।
गाउँपालिकाले बनाएको आर्थिक बर्ष ०७९र०८० को बार्षिक निति तथा कार्यक्रम दशौँ गाउँ सभाले पास गरेको छ भने सभामा उपस्थित वडा अध्यक्ष एवं वडा सदस्य लगायतले बार्षिक निति तथा कार्यक्रम समग्र क्षेत्रलाई समेटेर आएको र समावेशीकरण रहेको बताएका छन् ।

संघिय सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली,प्रदेश सरकारको समृद्ध प्रदेश सुखी जनता र सरावल गाउँपालिकाको समृद्ध सरावल गाउँपालिका,खुशी खुशी सरावलबासी भन्ने मुल नारालाई सार्थक तुल्याई दीर्घकालिन सोंचलाई पुरा गर्न आवस्यक रणनीति अवलम्वन नीति तथा कार्यक्रमलाई प्राथमिकता दिइएको छ।

कार्यक्रममा पुर्व राष्ट्रिय सभा सदस्य रामलखन हरिजन , लुम्बिनी प्रदेश प्रदेशसभा सदस्य द्वय दिपेन्द्र कुमार अधिकारी , भगवती भण्डारी , सरावल गाउँपालिकाका पुर्व अध्यक्ष राधेश्याम चौधरी,नेपाली काङ्ग्रेस सरावल उपसभापति महेन्द्र चौधरी , लोसपा नेता इन्द्रकमल यादव, नेकपा एमाले नेता देबेन्द्र कुमार भट्टराई , वडा नम्बर १ का पुर्व वडा अध्यक्ष भेष नरायण चौधरी , वडा नम्बर ५ वडा अध्यक्ष लक्षमण चौधरी , वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादव , शिक्षा शाखा प्रमुख तुलसी अधिकारी लगाएतका अतिथिहरुले आ( आफ्नो मन्तब्य समेत ब्यक्त गरेका थिए ।
कार्यक्रम सञ्चालन पालिकाका सहायक लेखापाल नरेश कोहारले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.