Jilla Ban Notis

सुस्ताले गर्‍यो राय सुझाव संकलन

0 60

श्याम बुचा

सुस्ता ५ असार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले राय सुझाव संकलन गरेको छ ।  सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयतामा गाउँपालिका सभा हलमा भएको योजना तर्जुमा गोष्ठीमा विभिन्न राजनीतिक दल र सरोकारवालाहरुसंग आर्थिक बर्ष ०७९/०८० को निति तथा बजेट कार्यक्रमको लागि राय सुझाव संकलन गरिएको हो ।

पालिकाले आर्थिक बर्ष ०७९/०८० को निति तथा बजेट कार्यक्रमका लागी बस्ती र वार्ड स्तरबाट योजना छनौट प्रक्रिया सकेर पालिका स्तर योजना छनौट गर्नका लागि के कस्ता योजना तथा कार्यक्रमलाई प्राथमिकता सहित बजेटमा समावेश गर्ने उद्देश्यको साथ राजनीतिक दलका दलियप्रतिनिधी र सरोकारवालाहरुसंग राय सुझाव संकलन गरेको थियो ।

गोष्ठीमा जनता प्रगतिशील पार्टी सुस्ता गाउँपालीका समितिका अध्यक्ष प्रेमचन्द्र गुप्ताले सबै योजनाहरु वार्ड बाट छनौट भएर पालिका स्तरमा आएपछी हामीसंग राय सुझाव लिनु यो नाटक मात्र रहेकोे आरोप लगाए छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी सुस्ता गाउँपालिका समितिका अध्यक्ष मदन ज्ञवालीले सम्पदा र सस्कृतीको जगेर्ना गर्नका लागि पालिकाको ध्यान जानू पर्ने सुझाव व्यक्त गरेका थिए ।

त्यस्तै जनता समाजबादी पार्टी सुस्ता गाउँपालिका समितिका अध्यक्ष नन्दलाल गुप्ताले किसानहरुको बिउ बिजन र मलखाद व्यवस्थापन तर्फ बजेट तथा कार्यक्रम पालिकाले ल्याउनु पर्ने सुझाव दिएका थिए । भने नेकपा एकीकृत समाजबादीका सुस्ता गाउँपालिका अध्यक्ष शिव गैरेले ऎतिहासिक भुमी सुस्ताका लागि बन्दै गएको झुलेङ्गे पुल निर्माण कार्य सम्पन्नका लागि पहल,कृषि उपज सामग्रीहरु,शिक्षा र सिचाइ लगायतका बिषयमा योजना बिनियोजित गर्न पालिकाको ध्यानाकर्षण गराउदै पार्टीको तर्फबाट पालिका अध्यक्ष उपाध्यायलाई ध्यानाकर्षण पत्र पनि दिएका छन् ।

राय सुझाव दिने क्रममा नेकपा माओवादी केन्द्र सुस्ता गाउँपालिका इन्चार्ज अमृत खडकाले पालिकामा बौद्धिक बर्गको एउटा समिति निर्माण गर्नुपर्ने,उत्पादनमा बढी जोड दिनुपर्ने र युवाहरुलाई उद्दमी भन्दा पनि लागू औषधबाट बचाउनका लागि विभिन्न जनचेतनामुलक कार्यक्रमलाई निति तथा बजेट कार्यक्रममा समावेश गर्नुपर्ने राय व्यक्त गरेका थिए ।

सो गोष्ठीमा आफ्नो राय सुझाव व्यक्तगर्दै नेकपा एमाले पार्टी सुस्ता गाउँपालिका कमिटीका अध्यक्ष ज्ञान प्रसाद पाठक(सन्तोष)ले सुस्ता गाउँपालिकामा भौतिक पुर्वाधार तथा संरचनाको बिकास भइसकेको र अब सामाजिक बिकास,कृषि,स्वास्थ्य,रोजगार,सञ्चार,सार्वजनिक जग्गाको संरक्षण तथा सदुपयोग र धार्मिक तथा पर्यटन बिकासको लागि प्रचुर संभावना बोकेको अनोमाघाट,चुहाडी,बिगैप घोल लगायतको क्षेत्रलाई प्राथमिकतामा राखी निति तथा बजेट कार्यक्रम ल्याउनु पर्ने राय सुझाव व्यक्त गरेका थिए ।

त्यसैगरी नेपाली काङ्ग्रेस पार्टीका सुस्ता गाउँपालिका सभापति रबिन्द्र कुमार बनियाले शिक्षा र स्वास्थ्यमा बिशेश जोड दिएर योजना ल्याउनु पर्ने र सुस्ताबासीले बिगत बर्ष देखि जोतभोग गर्दै आएको जग्गाको निस्सा कायम गर्न पालिकाको ध्यानाकर्षण हुनुपर्ने सुझाव दिएका थिए ।

गोष्ठीमा अतिथिको रूपमा रहेका पुर्व गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिदै आफुसंग पालिकाले जतिखेर जुन समयमा पनि अनुभव तथा राय सुझाव लिन सक्ने र आफू पुर्व गाउँपालिका अध्यक्षको हैसियतले पालिकाको सम्पुर्ण बिकासका लागि सहयोग गर्ने बताएका छन् ।

गोष्ठीमा संकलन भएको राय सुझावलाई आर्थिक बर्ष ०७९/०८० को नीति तथा बजेट कार्यक्रममा सम्बोधन गर्दै समावेश गरेर पालिकाको बजेट तयार गर्ने र पालिकाले छिमेकी पालिकासंग सहकार्य गरि बरुण यन्त्र (दम्कल) पनि खरिद गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

Leave A Reply

Your email address will not be published.