Jilla Ban Notis

सरकारले आइतबार दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।

0 108

बर्दघाट,जेठ–२४
सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको छ । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।

तर सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको र त्यसको खासै प्रभावकारीता नदेखिएकाले उक्त निर्णयलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको छ ।

Leave A Reply

Your email address will not be published.