Jilla Ban Notis

बर्दघाट नगरप्रमुख श्रेष्ठद्धारा मृगौला रोगको उपचारका लागि सिफारीस पत्रमा पहिलो हस्ताक्षर ।

नगर प्रमुख

0 18

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–९

लुम्बिनी प्रदेशको पूर्वीद्धारमा रहेको पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका का नगर प्रमुख तथा उप–प्रमुखले आज पदभार ग्रहण गर्नु भएको छ । धार्मिक मान्यता अनुसार विहान ९ः३० को शुभसाईत पारेर पुरहितवाट स्वस्ती वाचन सहित पुजा–अर्चना गरी नगर प्रमुखको कुर्चीमा आसन गर्नु भएको थियो ।

बर्दघाट–४ की ७२ बर्षीय भुवानी कला पौडेलको मृगौला रोगको उपचारका लागि प्रदेश सरकारले गर्ने आर्थिक सहयोगका लागि सिफारीस पत्रमा पहिलो हस्ताक्षर गरेर नगर प्रमुखले आफ्नो कार्यभार शुभारम्भ गर्नु भएको थियो ।

बर्दघाट नगरपालिकामा नेपाली कांन्ग्रेसका शम्भुलाल श्रेष्ठले १८ हजार ४ सय ८९ मत प्राप्त गरी नगर प्रमुखमा विजयी हुनु भएको थियो भने उहाँका प्रतिस्प्रधि नेकपा एमालेका धिरज शर्मा बस्यलले १३ हजार ३ सय २७ मत प्राप्त गर्नु भएको थियो ।

त्यस्तै बर्दघाट नगरपालिकाको उप प्रमुखमा नेकपा माओवादीका रुद्र प्रकाश उपाध्यायले १४ हजार ५ सय ९५ मत प्राप्त गरी विजयी हुनु भएको थियो भने उहाँका प्रतिस्प्रधि नेकपा एमालेको चुनाव चिन्ह लिनुभएकी जनमुक्ति पार्टीकी तारा रानाले १३ हजार ८ सय १० मत प्राप्त गरी उपविजयी बन्नु भएको थियो ।

बर्दघाट नगरमा नेपाली कांग्रेसले माओबादी केन्द्र,एकिकृत समाजबादि र जनमोर्चा संग चुनावी तालमेल गरेको थियो भने एमालेले जनमुक्ति पार्टीसंग चुनावि तालमेल गरेको थियो । १६ वटा वडा रहेको बर्दघाट नगरपालीकामा वडा नम्बर १३ र १५ नेकपा एमालेको पोल्टामा परेको थियो भने वडा नम्बर ३ स्वतन्त्र उमेदवारको पोल्टामा र अरु बांकी सबै वडामा गठबन्धनका उमेदवार बिजयी भएका छन् ।

५० हजार ६ सय ३१ जना मतदाता संख्या रहेको बर्दघाट नगरपालिका क्षेत्रमा ३७ हजार १ सय ५२ मत खसेको थियो । सबै भन्दा बढी मतदाता बर्दघाट वडा नम्वर ४ मा रहेका छन् भने सबैभन्दा कम वडा नं. ३ मा हरेका छन् ।

बर्दघाट नगरपालिकामा ५ वटा राजनितिक पार्टीका चुनाव चिन्ह सहित १६ वटा चुनाव चिन्हमा बर्दघाट नगरवासीले मतदान गर्ने अवसर पाएका थिए। १ जना मात्र नगर प्रमुख रहने पदका लागि ९ जनाको उमेदवारी परेको थियो ।
जस्मा नेकपा एमालेका धिरज शर्मा बस्याल,नेपाली कान्ग्रेसका शम्भुलाल श्रेष्ठ ,रा प्र पा का मिलन श्रेष्ठ र मौलिक जरोकिलो पार्टीका शोभाकान्त अर्याल र स्वतन्त्रवाट रितमान कामु,क्षत्रे बहादुर गुरुङ्ग,ठाकुर सिंह थापा,धर्मराज पल्ली र युवराज पाण्डे सहित ९ जनाको बर्दघाट नगरको नगर प्रमुखमा उमेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय बर्दघाटको तथ्यांकमा उल्लेख गरीएको छ ।

त्यसैगरी बर्दघाट नगर उप –प्रमुख पदमा भने ३ पार्टीका तर्फवाट मात्र उमेदवारी परेको थियो। नेकपा एमालेको तर्फवाट जनमुक्ति पार्टीकी तारा रानाले सूर्य चिन्हलिएर एमालेसंगनै चुनावी तालमेलगरी नगर उप–प्रमुखमा आफ्नो उमेदवारी दिनु भएको थियो ।
त्यसैगरी सत्ता गठबन्त्रका तर्फवाट नेकपा माओवादीका रुद्र प्रकाश उपाध्ययले नगर उप–प्रमुख पदमा आफ्नो उमेदवारी दिनुभएको थियो भने राप्रपावाट बिमला अधिकारीले नगर उप प्रमुखमा आफ्नो उमेदवारी दिनु भएको थियो।

त्यसो त १६ जना वडाध्यक्ष पदका लागि ५१ जनाले आफ्नो उमेदवारी मनोनयन दर्ता गराएका थिए । त्यस्तैगरी महिला सदस्यमा ४१ जना,दलित महिला सदस्यमा ४१ जना र खुल्ला सदस्यका लागि ८७ जना गरी बर्दघाट नगरमा कुल २ सय ३२ जनाले विभिन्न पदमा आ–आफ्नो उमेदवारी मनोनयन दर्ता गराएका थिए ।

बर्दघाट नगरमा सूर्य,रुख,गोलाकार भित्रको हसिया हथौडा,कलम,हलो,कुखुराको भाले,किबोर्ड सहित कम्पयुटर, ब्याडमिन्टनको कर्क,गुलाबको फूल,खरायो,खानेपानीको धारा,हाँस,लौरो,पुतली,भुईकटहर र आँप गरी १६ वटा चुनाव चिन्ह लिएर उमेदवारहरु चुनावी माहोलमा होमीएका थिए।

Leave A Reply

Your email address will not be published.