Jilla Ban Notis

बर्दघाट नगर प्रमुखमा शम्भुलाल श्रेष्ठ र उप प्रमुखमा रुद्र प्रकाश उपाध्याय बिजयी

0 32

बर्दघाट,जेष्ठ–६
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा गठबन्धन प्यानलका उमेदवार बिजयी भएका छन् । नगर प्रमुखमा नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठ बिजयी हुनु भएको छ भने उपमेयरमा माओबादी केन्द्रका रुद्र प्रकाश उपाध्याय बिजयी हुनु भएको हो ।
शम्भुलाल श्रेष्ठले नेकपा एमालेका उमेदवार एवम् बर्दघाट नगरपालिकाका निवर्तमान नगरप्रमुख धिरज शर्मा बस्याललाई ५१ सय ७१ को भारी मतान्तरले पराजित गर्नुभएको छ । बस्यालले १३ हजार ३२७ मत प्राप्त गर्दा श्रेष्ठले १८ हजार ४८९ मत प्राप्त गर्नुभएको थियो ।
उपमेयरमा सुर्य चिन्हकि उमेदवार तारा रानाले १३ हजार ८१० मत प्राप्त गर्दा गठबन्धनका उमेदवार रुद्र प्रकाश उपाध्याय १४ हजार ५ सय ९५ मत प्राप्त गरी ७८५ मतान्तरले बिजयी हुनुभएको छ ।

बर्दघाटमा कांग्रेसले माओबादी केन्द्र,एकिकृत समाजबादि र जनमोर्चा सग तालमेल गरेको थियो भने एमालेले जनमुक्ति पार्टी संग चुनावि तालमेल गरेको थियो । १६ वटा वडा रहेको बर्दघाट नगरपालीकामा वडा नम्बर १३,१५वडा नम्बर ३९स्वतन्त्र० बाहेक अन्य सबै वडामा गठबन्धनका उमेदवार बिजयी भएका छन् ।

नवनिर्वाचित नगरप्रमुख तथा उपप्रमुखले वडा नम्बर १० मा रहेको सहिद पार्कमा गै हिजो नै सहिदहरुको शालिकमा माल्यार्पण गरेका छन् । सपथ ग्रहण कार्यक्रम आज हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.