Jilla Ban Notis

रामग्राम नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा राप्रपा विजय

0 169

विकास अधिकारी
परासी,जेष्ठ–६
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर जितेको छ । यो नगरपालिकामा यसअघि कांग्रेसले मेयर र उपमेयर जितेको थियो । मेयर पदमा अहिलेकै उमेदवार नरेन्द्रकुमार गुप्ताले उम्मेद्धारी दोहो¥याएका थिए । उपमेयरमा भने कांग्रेसले नयाँ अनुहारलाई उमेदवार उठाएको थियो । निवर्तमान मेयर गुप्ता नेकपा एमालेका धनपद यादवसँग १५ सय ५७ मत अन्तरले पराजित भएका हुन् । गुप्ताले ६२ सय ६७ मत ल्याउँदा निर्वाचित मेयर पदका उमेदवार यादवले ७८ सय २४ मत ल्याएर विजयी भएका हुन् ।

यस्तै मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टिका उम्मेद्धार रामभवन यादवले ५ हजार ९३ मत पाउनुभयो भने जनता समाजवादि पार्टिका उम्मेद्धार गोविन्द चौधरीले ३९ सय ८९ मत मात्र प्राप्त गर्नुभएको छ । उपमेयरमा भने राप्रपाकी सम्झना चौधरी विजयी हुनुभएको छ । चौधरीले एमालेकी लक्ष्मी क्षेत्रीलाई १ सय १९ मत अत्तरले पराजित गर्दै उपमेयरमा विजयी हुनुभएको हो । निर्वाचित चौधरीको ६५ सय ८२ र क्षेत्रीको ६४ सय ६३ मत छ । कांग्रेसकी उपमेयरकी उमेदवार आराधना भट्टले ५३ सय ९३ मत ल्याएर तेस्रो हुनुभएको हो ।

रामग्राम नगरपालिकाका निर्वाचित ९२ जना जनप्रतिनिधिहरुको आजै रामग्राम नगरपालिकामा सपथ ग्रहण हुने सहायक निर्वाचन अधिकृत रुद्र प्रसाद रेग्मिले जानकारी दिनुभयो । रेग्मिका अनुसार नगर प्रमुखलाई मुख्य निर्वाचन अधिकृतले सपथ ग्रहण गराएपछि उपप्रमुख सहित सबैलाई नगर प्रमुखले सपथ गराउने कार्यक्रम रहेको छ ।

Leave A Reply

Your email address will not be published.