Jilla Ban Notis

बर्दघाट क्षेत्रमा संगठीत मजदुरहरुले एकमुष्ठ भोटदिने सहमति ।

0 21

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१४
नेपाल ,बिजुली पेन्टर प्लम्बर तथा निमार्ण मजदुर युनियन (क्यूपेक नेपाल) बर्दघाट नगर कमिटि,बर्दघाट ७ नं.वडाकमिटि जिमिरेभार, ४ नं. वडाकमिटि ,बर्दघाट र १० नं. बडा कमिटि पञ्चनगरको संयुक्त पदाधिकारी बैठक मंगलवार सम्पन्न् भएको छ ।

बैठकमा सहभागि मजदुर नेताहरुले आसन्न स्थानिय तहको निर्वाचनमा कुनै पनि राजनितिक दलप्रतिको आस्थाको भरमा भन्दा पनि मजदुरका पक्षमा रहेर काम गर्ने नेतालाई भोट हाल्ने निकर्ष सहितको निर्णय गरेको क्यूपेक नेपाल बर्दघाट नगर कमिटि अध्यक्ष दिपक भूषालले बताउनु भएको छ ।

अहिले सम्म श्रमीकहरुको रोजगारी,आय र सामाजिक सुरक्षा सुनिश्चितका बिषयमा कुनैपनि नेताहरुले पहल नगरेको मजदुर नेताहरुले गुनासो गरेका थिए । त्यसैगरी स्वदेशी श्रमिक भन्दा विदेशी मजदुरहरुलाई बढी प्राथमिकता दिने उमेदवारहरुलाई कसैले पनि भोट दिन नहुने उनीहरुको भनाई रहेको थियो ।

मजदुर विना देश समृद्धि हुन नसक्ने भएकाले अब गाउँ,टोल,वडा र नगरका सबै मजदुरहरुलाई समृद्ध बनाउन तर्फ पहल गर्ने उमेदवार चुन्ने बेला आएकोले सबै मजदुरहरुले एक भएर आफ्नो पक्षमा रहेर काम गर्ने नेतालाई मतदान गर्ने बिषयमा सबैको एकमत भएको क्यूपेक नेपाल बर्दघाट नगर कमिटि अध्यक्ष दिपक भूषालले बताउनु भएको छ ।

मजदुर नेता नेत्र नारायण थारुको संचालन रहेको उक्त क्यूपेक नेपालको संयुक्त बैठकमा क्यूपेक नेपाल बर्दघाट ७ नं वडा कमिटिका होम बहादुर गाहामगर,बडा नं. ४ ,बर्दघाटका डाक्टर कुमार चौधरी र वडा नम्वर १० का परशुराम चौधरी लगाएका मजदुर नेताहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.