Jilla Ban Notis

अनुसन्धनात्मक खोज पत्रकारिता विषयक दुई दिने तालिम शुरु

0 33

बर्दघाट,चैत्र–२९
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजना र प्रतापपुर गाउँपालिकाको सहयोगमा पत्रकार क्षमता विकास एवं अनुसन्धनात्मक खोज पत्रकारिता विषयक दुई दिने तालिम शुुरु भएको छ ।
महासंघका जिल्ला अध्यक्ष हरि शर्माको अध्यक्षतामा शुरु भएको तालीम समुद्घाटन कार्यक्रममा प्रतापपुर गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जु कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरे,नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष पत्रकार धर्मेन्द्र कुमार झा,प्रतापपुर गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष ईश्वरी प्रसाद चौधरी लगाएतको उपस्थिती रहेको थियो ।

तालीम समुद्घाटन कार्यक्रममा बोल्दै कार्यबाहक चौधरीले प्रतापपुर गाउपािलकामा आफुहरु जननिर्वाचित भएर आएपछि विकासले तिब्र फड्को मारेको बताउदै आफुले पालिकाका शिक्षा, स्वास्स्थ्य, भौतीक पुर्वाधार लगाएतका विकास निर्माण तथा पालिकाबासीको आय आर्जनमा समेत उल्लेख्य कार्य गरिएको दाबि गर्नु भएके थियो ।
त्यसैगरी वांकी अधुरा कामहरु पुरा गर्न आफु पुन ः उम्मेद्वारी दिने र पालिकाबासीले आफ्ुलाई साथ र सहयोग दिने कुरामा आफु विश्वस्त रहेको धारणा राख्नुभएको थियो ।

कार्यक्रममा प्रतापपुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरेले पत्रकारहरु राज्यको चौथो अंग भएको हुदा पालिकाका हरेक गतिविधिमा चाँसो राखि सकारात्मक ढंगले समाचार सम्प्रेषण गर्नुपर्ने र आफु सधै मिडियामैत्री रहेको हुदा पालिकाबाट प्रदान गरिने सम्पुर्ण सुचना तथा विज्ञापन स्थानिय सञ्चारमाध्यम तथा पत्रकारहरुलाई उपलब्ध गराउन आफु कटिबद्ध रहेको बताउनुभयो ।
तालिममा जिल्लाका महासंघमा आबद्ध तथा जिल्लाका सञ्चारगृहका पत्रकारहरुको सहभागिता रहेको थियो । तालिमको पहिलो दिन समाचारका श्रोत र समाचार पहिचानका विषयमा प्रशिक्षक धर्मेन्द्र कुमार झांले प्रशिक्षण दिनुभएको थियो । महासंघका जिल्ला उपाध्यक्ष मालती न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन महासंघका सह सचिव श्याम थापाले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.