Holi care school

बर्दघाट साहित्य समाजको दोस्रो साधारण सभा सम्पन्न ।

77

बर्दघाट,चैत्र–२०
बर्दघाट साहित्य समाजको दोस्रो साधारण सभा आज सम्पन्न भएको छ।साहित्य समाजका अध्यक्ष दिनानाथ पौडेलको अध्यक्षता एवम वरिष्ठ चलचित्रकर्मी टीका पहारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी टीका पहारीले समाज परिवर्तन साहित्य र कला क्षेत्रबाट नै गर्नु पर्ने बताउनु भयो।समाजका बस्तुस्थिती र यथार्थ चित्रण कला र साहित्य मार्फत उठान गरि समाजलाई दिशानिर्देश गर्न सक्नु पर्ने तर्फ जोड दिनु भयो।सबै भन्दा मुख्य कुरा नया पुस्तामाझ सस्कृती र सस्कारलाई जोडेर लैजानु पर्ने उहाले बताउनु भयो ।कलाकर्मिको कुनै पनि राजनीतिक रङ नहुनेमा जोड दिदै उहाले कलाकार र साहित्यकर्मीले राजनितीलाई जोडेर समाज परिवर्तनकालाई महत्वपूर्ण भुमिका निर्वाह गर्नु पर्ने धारणा ब्यक्त गर्नु भयो ।

बिशेष अतिथिको रुपमा बोल्दै साहित्य प्रेमी एवम् समाजसेवी रुद्र प्रकाश उपाध्यायले समाजका हरेक पक्षलाई आलोचनात्मक खबरदारी गर्नु पर्ने बताउनु भयो । अहिले हरेक नेतृत्वले प्रशंसा मात्रै खोज्ने भएको हुदा यस्ता कार्यक्रममा उहाहरुको उपस्थिति निकै कम हुने उल्लेख गर्दै सकारात्मक आलोचना पनि ग्रहण गर्न नसकेको जिकिर गर्नु भयो । साहित्य क्षेत्रको उत्थानका लागि संचालित बर्दघाट साहित्य समाजको नगरपालिकाले संरक्षण गर्ने नसकेको प्रती दुख ब्यक्त गर्नु भयो।

कार्यक्रममा सहभागीहरुले रचना बाचन समेत गरिएका थिए।साहित्य क्षेत्रमा योगदान पुर्याउने संघ सस्थाहरुलाई प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो।कार्यक्रमको सन्चालन समाजका सचिव रबिन शर्मा चापागाईले गर्नु भएको थियो।