sunwal

मन्त्री रानाद्धारा दोश्रो देवदह राष्ट्रिय मूर्तिकला कार्यशालाको अवलोकन

65

गोबिन्द घर्तिै
देवदह,चैत्र १३
लुम्विनी प्रदेशका उर्जा, जलश्रोत तथा सिचाई मन्त्री वीरबहादुर रानाले दोश्रो देवदह राष्ट्रिय मूर्तिकला कार्यशालाको अवलोकन गर्नु भएको छ । देवदहमा विगत ६ दिन देखि मूर्तिकारहरुले देवदहको पहिचान झल्कने मूर्ति निर्माणको कम गरिरहेको छ ।

गौतम बुद्ध राष्ट्रिय उद्यानमा काष्ठकला गरिएको थियो भने अहिले देवदह स्मृति पार्कमा प्रस्तरकला कार्यशाला शुरु गरिएको छ । देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ देवदह नगरपालिका, लुम्विनी प्रदेश र लुम्विनी विकासको सहकार्यमा मूर्तिकला कार्यशाला शुरु गरेको हो ।

कार्यशालाको अवलोकन गर्दै मन्त्री रानाले कलाको माध्यमबाट लुम्विनी प्रदेशको प्रचार प्रसार गर्न सकिने बताउनु भयो । उहाले भगवान गौतम बुद्धको मावली स्थल देवदहलाई मूर्तिकला कार्यशालाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सहयोग गर्ने बताउनु भयो ।
मन्त्री रानाले कार्यशालामा भगवान गौतम बुद्ध संग सम्वन्धीत मूर्ति निर्माणले देवदह संगै लुम्विनी प्रदेशको पहिचान कायम गर्न सकिनेमा जोड दिनु भयो । उहाले बुद्धको मावली देवदहको विकासमा प्रस्तरकलाले महत्वपूर्ण भूमिका खेल्ने दावी गर्नु भयो । उहाले लुम्विनी प्रदेश पर्यटकीय हिसावले धनी प्रदेश हो, प्रदेश भित्र रहेका पर्यटकीय क्षेत्रको विकासको लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।


मन्त्री रानाले लुम्विनी प्रदेश भित्र रहेका पर्यटकीय क्षेत्रको उजागर, प्रवद्र्धन गर्न प्रदेश सरकारले सहयोग र सहजीकरण गर्न तयार रहेको बताउनु भयो । सोही अवसरमा बोल्दै लुम्विनी प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले प्रस्तरकलाको माध्यमबाट ईतिहासलाई साक्षत्कार गर्ने काम भएको बताउनु भयो । हउाले देवदह क्षेत्रलाई पर्यटक भित्रयाउन प्रस्तरकला कार्यशालाबाट निर्मित मूर्तिहरु महत्वपूर्ण रहने बताउनु भयो ।
उहाले काष्ठकला र प्रस्तरकलाले देवदहको पर्यटकीय क्षेत्रको उजागर गर्न सहयोग पुग्ने बताउनु भयो । कार्यशालाको अवलोकनमा लुम्विनी प्रदेशका उर्जा, जलश्रोत तथा सिचाई राज्यमन्त्री अर्जुन श्रैष्ठ, देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री, सामाजिक तथा राजनीतिक व्यक्तिहरुको सहभागिता रहेको थियो । सोही अवसरमा देवदह नगरपालिका प्रमुख खत्रीले मन्त्री रानाले देवदहको पर्यटकीय क्षेत्रको वारेमा जानकारी गराउनु भएको थियो ।