Jilla Ban Notis

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको टोलि सुस्तामा

0 45

श्याम थापा

सुस्ता १३ चैत

स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्राल र स्वास्थ्य निर्देशानालय लुम्बिनी प्रदेशको  टोलि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित पक्लिहवा र नारायणी नदि पारी रहेको गाउँ सुस्ता गाउँमा पुगेका छन् ।

फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्चको साझेदारीमा सुस्ता गाउँपालिकामा संचालन रहेको आधारभुत स्वास्थ्य परियोजनाले गरेको गतिविधि र कामहरुको प्रभाव तथा मुल्यांकन गर्नका स्वास्थ्य,जन्सख्या तथा परिवार कल्याण मन्त्रालय र स्वास्थ्य निर्देशनालयका टोलिहरु सुस्ता पुगेको हो ।

टोलिमा स्वास्थ्य,जन्सख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत अरुण ज्ञवाली,लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर बिनोद गिरि,लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ जन स्वास्थ्य प्रशासक रोशन लाल चौधरी,फेयर मेड फाउन्डेसन नेपाल बुटवल कार्यालयका प्रमुख एवं आधारभुत स्वास्थ्य परियोजनाका संयोजक शशिलाल कर्ण,तुलसीराम खनाल,बिपिन थापा,मन्जु पाण्डेय,सुस्ता गाउँपालिका स्वास्थ्य शाखा संयोजक निर्मला कुशवाहा,इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाटका सचिव होमराज कुवर,इन्द्रेणीका कोषाध्यक्ष बिमल चन्द्र घिमिरे रहेका थिए ।

फेयर मेड फाउन्डेसन नेपालले सन २०१९ देखी पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा अधारभुत स्वास्थ्य परियोजना संचालन गर्दै आएको र उक्त परियोजनाले समुदायमा रहेको उपेक्षित उष्प्रदेशिय रोगबाट प्रभावित ब्यक्तिहरु स्वयं हेरचाह तथा जिविकोपार्जन सुधार,स्वास्थ्य मापदण्ड प्रणालीमा सुधार,नवजात तथा मातृ मृत्युुदर कम गर्ने र खानेपानी तथा सरसफाइमा रहेर सुस्ताको वडा न १ देखि ५ सम्म गरि ६ वटा स्वास्थ्य संस्थामा काम गर्दै आइरहेको छ ।

समुदायमा परियोजनाको गतिविधि र प्रभाव बारे मन्त्रालयका टोलिले अवलोकन गरि अनुगमन गरेको हो ।अनुगमनको क्रममा टोलिले सुस्ता ५ मा रहेको पक्लिहवा स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी र पक्लिहवा स्वयं हेरचाह कृषक समुहका पदाधिकारीहरु बीच छलफल गरेको थियो ।

स्वास्थ्य व्यवस्थापन समितिले बनाएको योजना र स्वयं हेरचाहका पदाधिकारीहरुले नियमित गर्ने ब्यक्तिगत सरसफाइ तथा हेरचाह र समग्ररूपमा पक्लिहवामा परियोजनाले गरेको काम र त्यसबाट आएको उपलब्धिको प्रभाव बारे मन्त्रालय र निर्देशनालयका टोलीले प्रसंशा गरेका थिए भने अब यस क्षेत्रमा स्वास्थ्य मन्त्रालयको पनि ध्यानाकर्षण भएको र आधारभुत स्वास्थ्य परियोजनाको गतिविधिलाई थप प्रभावकारी बनाउनको लागी फेयर मेड फाउन्डेसन नेपाल संग सहकार्य गरि अघि बढ्ने लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर बिनोद गिरिले बताएका छन् ।

टोलिले नारायणी नदि पारी गाउँ सुस्तामा आधारभुत स्वास्थ्य परियोजना र सुस्ता गाउँपालिकाको सहकार्यमा निर्माण भएको सुस्ता सामुदायिक स्वास्थ्य इकाईको बर्थिङ्ग सेन्टर भवनको पनि अनुगमन गरेको छ ।

अनुगमन पश्चात टोलिले तत्काल सुस्ता गाउँका लागी स्वास्थ्य सेवा थप गर्न भौतिक संरचना तथा औषधि औजारका लागी मन्त्रालयले पहल गर्ने र यस्तो विकट ठाउँमा फेयर मेड फाउन्डेसन नेपालले आधारभुत स्वास्थ्य परियोजना लागु गरेर काम गरिरहेको हुदा फेयर मेड र इन्द्रेणीलाई धन्यवाद व्यक्त गरेका थिए ।

परियोजनाले सुस्तामा कृष्ठरोग,हात्तिपाइले बाट संक्रमीत तथा प्रभावित ब्यक्तिहरुको खोज पडताल काममा स्वास्थ्य संस्था र पालिकाहरु संग सहकार्य गरेर काम गरि रहेको र उपेक्षित उष्णप्रदेशीय रोगबाट प्रभावित ब्यक्तिहरु संगठित गरि कृषक समुह बनाइ कृषि शाखामा दर्ता गराई ती ब्यक्तिहरुको जिविकोपार्जन सुधार गर्ने उद्देश्यले विभिन्न व्यवसायीहरु गरि आय आर्जन गर्नको लागि ५० हजार जिविकोपार्जन कोष प्रदान गरिएको छ भने ती ब्यक्तिहरु आकस्मिक बिरामी पर्दा आकस्मिक सेवा लिनको लागि रु २० हजार परियोजनाले सहयोग गरेको फेयर मेड फाउन्डेसन नेपाल आधारभुत स्वास्थ्य परियोजना संयोजक शशिलाल कर्णले बताए ।

Leave A Reply

Your email address will not be published.