वैदेशिक रोजगारीबाट फर्केकाहरुको ज्ञान,सिप,पुँजी र जाँगरको सदुपयोग गर्नु पर्छ ः अधिकारी
रिटर्नी फेडेरेसन नेपाल नवलपरासीको अध्यक्षमा चिरञ्जीवी खराल(रामु)
कृष्ण ढकाल
बर्दघाट,चैत्र–११
वैदेशिक रोजगारीबाट फर्केकाहरुको ज्ञान, सिप, पुँजी र जाँगरको सहि सदुपयोग गरेर अब नवलपरासी जिल्लालाई समृद्ध बनाउन तर्फ लाग्न लुम्बिनी प्रदेश सभा सदस्य एवं नेकपा एमाले नवलपरासी जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले आग्रह गर्नु भएको छ । आज बर्दघाटमा भएको रिटर्नी फेडेरेसन नेपाल नवलपरासीको जिल्ला भेला तथा प्रथम अधिवेशन लाई सम्बोधन गर्दे अधिकारीले उक्त कुरा बताउनु भएको हो ।
उहांले रोजगारीको शिलाशिलामा बिश्वका बिभिन्न मुलुक गएर अहिले नवलपरासी जिल्लामा नै रहेर स्वरोजगार बनेका युवाहरुसंग प्रसस्त ज्ञान, सिप,र जाँगर भएकोहुदां त्यसको भरपुर सदुपयोग गरेर नवलपरासी जिल्लालाई समृद्ध बनाउन सबै एक भएर लाग्नु जरुरी रहेकोमा जोड दिनु भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी एमाले निकट रहेको उक्त संगठन पार्टीको सबै भन्दा कान्छो संगठनका रुपमा रहेको छ । विदेशमा प्राप्त सिप र ज्ञानलाई स्वदेशमा बिस्तार गर्ने र उद्यमशिलता विकास गर्ने उदेश्यका साथ स्थापना भएको उक्त संगठनको अहिले नेपालका करिव ६० बढी जिल्लाहरुमा संगठन विस्तार भैसकेको छ ।
रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय सदस्य तथा नवलपरासी जिल्ला ईन्चार्ज अध्यक्ष कृष्ण प्रसाद भुषालको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य एवं नेकपा एमाले नवलपरासी जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको जिल्ला भोलामा रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय उप महासचिव जेबि सापकोटाले अब रिटर्नी फेडेरेसन नेपालका सदस्यहरु झन्डा र डयडाको राजनिति भन्दा माथि रहेर समृद्धी र रोजगारीको क्षेत्रमा काम गर्ने बताउनु भएको थियो । उहांले नेपालका युवाहरु अब विदेश पलायन हुनवाट रोक्नका लागि नेपालमा नैरोजगारीको वातावरण बनाउन सबै लाग्नु पर्ने धारण राख्नु भएको थियो ।
यादव अर्यालको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा एमालेका विभिन्न तहका नेताहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन लेखनाथ न्यौपानेले गर्नु भएको थियो ।
रिटर्नी फेडेरेसन नेपाल नवलपरासीको अध्यक्षमा चिरञ्जीवी खराल(रामु)![]()
वैदेशिक रोजगारीबाट फर्किएकाहरुको संगठन रिटर्नी फेडेरेसन नेपाल नवलपरासीको जिल्ला भेला तथा प्रथम अधिवेशन शुक्रवार बर्दघाटमा सम्पन्न भएको छ । अधिवेशनले चिरञ्जीवी खराल(रामु)को अध्यक्षतामा नयां कमिटि चयन गरेको छ ।
जसको उपाध्यक्षमा कल्पना न्यौपाने,सचिवमा यस बहादुर बराल मगर र सह–सचिवमा तुल्सी पाण्डे रहनु भएको छ। भने कोषाध्यक्ष पद पछि पुरा गर्नेगरी जिल्ला कमीटी चयन गरीएको हो ।
त्यसैगरी सदस्यहरुमा तिर्थ देवकोटा,किरण ज्ञवाली,धर्मागत पाण्डे,रेवतीरमण पंजीयार,दल बहादुर थापा,नरेन्द्र चौधरी,सत्यनारायण कुवंर,विकास सापकोटा,दुर्गा बि.क.मोहन थापा,टुक राज पाण्डे,लक्ष्मी सापकोटा ईजार रमाईन र ईन्सान अली रहनु भएको छ ।