Jilla Ban Notis

स्व.लोक बहादुर क्षेत्री नवलपरासीको मात्र गहना नभै सिंङ्गो लोकगायन क्षेत्रकै पिलर हो ः अधिकारी

0 125

कृष्ण ढकाल
बर्दघाट,चैत्र–६
विश्वसामु नेपालीको पहिचान दिलाउने लोक–संस्कृति र संगीत ओझेलमा पर्न थालेकाबेला लोक गायक स्व. लोक बहादुर क्षेत्रीको स्मृतिमा आयोजना गरेको सांस्कृतिक कार्यक्रमले निक्कै महत्व राख्ने लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ ।

श्रुति सङ्गीतालयले हिजो बर्दघाटमा आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रमको समुद्घाटन गर्दै प्रदेश सभा सदस्य अधिकारीले उक्तकुरा बताउनु भएको हो । उहांले नेपाली लोक संगीत र संस्कृतिले हाम्रो पहिचान झल्काउने कामसंगै सबैलाई मनोरञ्जन प्रदान गर्ने कार्यमा महत्व पूर्ण भुमिका प्रदान गर्ने बताउनु भएको थियो ।

प्रदेश सभा सदस्य अधिकारीले पछिल्लो समय लोकगीतमा समेत छाडापन भित्रिएको प्रति चिन्ता ब्यक्त गर्दे त्यस प्रकारका विक्रृती र विसंगतीहरुलाई बेलैमा रोक्न जरुरी रहेकोमा जोड दिनु भएको थियो ।

उहांले लोक गायक स्व. लोक बहादुर क्षेत्रीको लोकगीतको आफ्नै मौलिकता र एैतिहासिकता रहेको हुदां उहां र उहांका गितहरुलाई कसैले कहिल्यैपनि भुल्न नसकिने धारणा राख्नु भएको थियो ।
स्व.लोक बहादुर क्षेत्री नवलपरासीको एउटा गहना मात्र नभै सिंङ्गो लोकगायन क्षेत्रकै पिलर भएकाले उहांका गित र सृजनाहरुको संरक्षणका लागि सबै नेपाली एकजुट भएर लाग्नु पर्ने बताउनु भएको थियो ।

श्रुति सङ्गीतालयका वरिष्ठ सल्लाहकार गायक मदन बिष्ठको अध्यक्षता लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल,नगर उप प्रमुख माया देवि पौडेल, बर्दघाट वडा नम्वर २ का वडाध्यक्ष दया दर्लामी,समाज सेवी सुखाडी चौधरी,कृष्ण बन्धु पौडेल ,उत्तम ध्वज जि.सी.लगाएत प्रबुद्ध ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा विभिन्न जातजातीहरुको संस्कृति झल्कनेखालका नृत्यहरु प्रस्तुत गरीनुका साथै गायन प्रस्तुती समेत राखिएको श्रुति सङ्गीतालयका कार्यकारी निर्देशक तथा कार्यक्रम संयोजक लोक जी मिजारले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.