Jilla Ban Notis

नगरपालिकाद्वारा कोभिड १९ बाट ज्यान गुमाएका परिवारलाई नगद रकम प्रदान

0 24

गौरीशंकर जयसवाल
परासी १ चैत
पश्चिम नवलपरासीमा नगरपालिका भित्र कोभिड(१९ का कारणले मृत्यु भएका परिवारहरूलाई आर्थिक सहयोग प्रदान गरिएको रामग्राम नगरपालिकाले कोभिड(१९ को कारणले ज्यान नगद २५ हजारको दरले आथिक सहयोग‌ प्रदान गरेको हो ।

रामग्राम नगरपालिका‌ले‌ आज एक कार्यक्रम गरी कोभिड(१९ को कारणले ज्यान गुमाएका नगद २५ हजारको दरले नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले प्रदान गरेका हुन
नगद रकम प्रदान गदै नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले नगरपालिका सधैँ भरी नगरबासीको दुख सुखमा साथ रहेको बताए । उनले कोभिड(१९ को बेलामा आफ्नो नगरबासीहरुलाई कोभिडबाट बचाउनको निम्ति सचेतामुलक सन्देश प्रसारण कोभिडबाट बाँच्ने उपायहरूको बारे स्वास्थ्यकर्मीहरूलाई परिचालन गरी न्यूनिकरण गर्न आवश्यक पहल गरेको बताए ।नगरपालिकाले नगर क्षेत्रमा कोभिड(१९को कारणले मृत्यु भएका परिवारलाई आन्तरिक स्रोतबाट प्रति परिवार नगद रु। २५ हजारको दरले परिवारहरूलाई प्रदान गरिएको रामग्राम नगरपालिका लेखा अधिकृत संजय शर्माले जानकारी दिए ।

उनको अनुसार कोभिड(१९ को कारणले ज्यान २० जना परिवारहरूलाई नगद २५ प्रदान गरिएको बताए ।नगर क्षेत्रमा कोभिड(१९ को कारणले मृत्यु भएका ३८ जना को मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका हेअ सुरज हरिजन गौतमले जानकारी दिए । उनको अनुसार नगरपालिकामा ३८ जनाको कोभिड १९ को कारण मृत्यु भएको जसमध्ये २० जना निवेदन आएको बाँकी १८ जना निवेदन अनुसार क्रमशः नगद रकम प्रदान गर्दै जाने जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.