Jilla Ban Notis

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीको चौथो बार्षिक सभा सम्पन्न

0 53

गौेरीशंकर जयसवाल

परासी २६ फागुन

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीको चौथो बार्षिक जिल्ला सभा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी कुश्मा उपशाखा पाल्हीनन्दनको आतिथ्यता तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको आयोजनामा आज पाल्हीनन्दन गाउँपालिकाको सभाहलमा चौथो बार्षिक जिल्ला सभा सम्पन्न भएको हो । पाल्हीनन्दन गाँउपालिकाको अध्यक्ष बैैजुप्रसाद गुप्ता दिपकले शाखाको चौथो बार्षिक जिल्ला सभाको उद्घाटन गरेका छन । चौथो बार्षिक जिल्ला सभाको उद्घाटन गदै गुप्ताले रेडक्रस अभियानमा सबै रेडक्रसकर्मीहरुले मानबीय भावानले बिना स्वार्थ क्रियाशिल हुनुपर्ने बताए ।

उनले रेडक्रसले बिपत व्यवस्थापनमा सबै चासोको बिषय भएकोले यसकार्यमा रेडक्रसको भूमिका सह्रनिय रहेको बताए । रेडक्रसले कोभिडको बेलामा जिल्लामा गरेको रचनत्मक कार्य गरेको प्रसङ्ग गदै अध्यक्ष गुप्ताले जहाँ दुख त्यहाँ रेडक्रसले त्यही अनुसार काम गरेर जिल्लामा पहिचान बनाउन सफल भएको बताए । कार्यक्रममा रेडक्रस सोसाईटीका लुम्बिनी प्रदेश सदस्य हैदर अली मोमिनले बिपत वा कोभिडकोे बेलामा बिभिन्न सेवामुलक कार्य गदै आएको बताए ।

जिल्ला सभापति राजेन्द्र अग्रहरीले जहाँ दुख त्यही रेडक्रस भन्दै जिल्लामा कोरोन संक्रमण र अन्य बिपत जस्ता बेला स्वयंसेवकहरु परिचालन गरी रेडक्रस सकृयतापूर्वक लगेको बताए । उनले रेडक्रसले कोभिड १९ बिरुद्धको खोप अभियानमा रेडक्रससका स्वयंसेवकहरुलाई संग्लन गराई सहयोगी भूमिका निर्वाह गर्ने कार्यक्र संचालन गर्ने योजना रहेको जानकारी दिए ।

रेडक्रसले अभियान एव मानबीय सेवा कार्यलाई अझ प्रभावकारी रुपमा संचालन गर्नको लागि हरेक स्थानिय तह र वडालाई समेटी जिल्लामा हाल १६ वटा उपशाखा र ४८ सर्कलहरु मार्फत बिपत व्यवस्थापनको क्षेत्रमा उद्धार राहत एम्बुलेन्स सेवा रक्तरञ्चार सेवा लगायत समाजिक कार्य र बिकास गातिबिधी नियमीत गर्न क्रियाशिल कार्य गदै आएको बताए ।

रेडक्रसले रक्तसञ्चार सेवाबाट एक हजार तीन सय २४ प्रिन्ट रगत संकलन गरी बिरामी घाईतेहरुलाई उपलब्ध गराई सेवा प्रदान गरिएको बरिष्ठ जिल्ला शाखा अधिृकत मुरारी प्रसाद गुप्ताले जानकारी दिए ।

सभाले जिल्ला शाखाका मन्त्री ऋषिराम सुबेदी र कोषध्यक्ष रामकुमार गुप्ताबाट प्रस्तुत प्रगाति तथा आर्थिक प्रतिबेदन र आगामी बर्षको कार्यक्रम पारित गरेको थियो । जिल्ला सभामा नेपाली काँग्रेसका उपसभापति बिक्रम यादव,जसपा नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादव, देवगाँव उपशाखाका सभापति रामउग्र यादव,पन्चनगर उउपशाखका सभापति बिजुला जोशी,कुश्मा उपशाखाका सचिव सुर्दशन खरवार लगायतले शुभकामान मन्तव्य व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.