Holi asnjal makar GURU

बर्दघाट नगरपालिकामा अक्तियारको छापा ।

64

फागुन–२५
नवलपरासीको बर्दघाट नगरक्षेत्रका विभिन्न प्रकृतिका आयोजना देखि नगरपालिकाले संचालन गरेका एम्बुलेन्सको खरीद तथा आम्दानी प्रक्रियामा आर्थिक अनियमितताको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले सम्बन्धित कार्यालयहरुमा छापामारेको छ ।
बिषेशगरी बर्दघाट नगरपालिका मार्फत भएका काममा आर्थिक अनियमितता भएको उजुरीका आधारमा अख्तियारले केहि दिन यता बर्दघाट क्षेत्रका विभिन्न आयोजनाहरुमा छापा मारेको बुझिएको छ ।
बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सुचना अधिकारी सि.डि.ई जयराम श्रेष्ठको नेतृत्वमा खटिएको ४ जनाको टोलीले दिनभरी बर्दघाट नगरपालिकाको कार्यालयका सम्वन्धित बिषयका रेकर्ड फाईलहरु हेर्ने देखि फिल्डमा गएर हेर्ने र स्थानियवासीहरुसंग सोधपुछ गर्ने कार्य गरेको थियो ।

 

अक्तीयारको टोलीले नगरपालिकाको कागजातहरु हेर्दा बर्दघाट नगरपालिकाले संचालन गरेका एम्बुलेन्सहरुको खरीद बिलभरपाई र गाडीको प्रकृतिका बारेमा अनुसान्धारनकै क्रममा रहेको पाईए पनि आम्दानी खर्चको विवरण भने पारदर्शी नभेटिएको बुझिएको छ ।

त्यसैगरी बर्दघाट कभर्ड हलको आम्दानी खर्च र भवनको वस्तु अवस्था,संसारकोटमा निमार्ण गरीएको भ्यूटावर,बर्दघाटमा निमार्ण भैरहेको घण्टाघर,जमुनियामा संचालनमा रहेको पाडा बजार,कोभिड–१९ को बेलामा चिसापानीमा संचालन गरीएको आईसोलेसन भवन,नगरपालिकाको परिसरमा लगाएको वाउन्डरीवाल लगाएतमा आर्थिक अनियमितता भएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान शुरु गरेको बुझिएको छ ।