Sarawal sit lahar Notis

बर्दघाट मेलामा करिव ३ करोड बराबरको आर्थिक कारोवार ।

0 66

कृष्ण ढकाल
बर्दघाट,फागुन–२५

पश्चिम नवलपरासीको बर्दघाट उधोग बाणिज्य संघले आयोजना गरेको पाँचौ बर्दघाट कृषि,पर्यटन तथा औद्योगिक ब्यापार मेलाको आज एक कार्यक्रमका बिच समापन गरिएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले समुद्घाटन गर्नु भएको पाँचौ बर्दघाट कृषि,पर्यटन तथा औद्योगिक ब्यापार मेलाको समापन भने बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले गर्नु भएको हो ।

मेला समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले नगरको विकासमा बर्दघाट नगरपालिकाले उल्लेखनिय कार्य गरेको बताउनु भएको थियो । नगरपालिकाले नगरवासीको स्वास्थ्य क्षेत्रमा गरेका कार्यहरुलाई ओझेलमा पार्नेगरी घण्टाघरको बिषयसंग तुलना गर्न नहुनेमा जोड दिनु भएको थियो ।

बर्दघाट उधोग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता र नगर प्रमुख बस्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगर उप प्रमुख माया देवि पौडेल लगाएत बिभिन्न संघ संस्थाका ब्यक्तिहरुको सहभागिता रहेको थियो । महासचिव दिनेश न्यौपानेको संचालन रहेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले स्वागत मन्तब्य राख्नु भएको थियो ।

गत फागुन १३ गते देखि शुरु भएको उक्त मेलामा करिब २ लाख ७० हजार दर्शकले मेला अवलोकन गरेको आयोजक संस्थाका महासचिव दिनेश न्यौपानेले बताउनु भयो । त्यसैगरी मेला अवधिभर मेलामा करिव ३ करोड बराबरको आर्थिक कारोवार भएको महासचिव न्यौपानेले बताउनु भएको छ।

औद्योगिक ब्यापार मेलाले स्थानीय उद्योगी व्यवसायीका उत्पादनको बजारीकरणमा टेवा पुग्नुका साथै जिल्लाका धार्मिक तथा पर्यटकिय स्थलहरुको महत्व र बर्तमान अवस्थाका वारेमा जानकारी दिन मेला सफल भएको आयोजक संस्थाका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भएको छ ।

मेलामा कला संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले मगर,थारु, नेवार लगायत जातिका परम्परागत घर र खानाका परिकारहरु राखिएको थियो । ४५ बढी राष्ट्रिय कलाकारहरूको प्रस्तुति समाबेस गरीएको बर्दघाट मेलामा बर्दघाट डान्स आइडल, टिकटक प्रतियोगिता लगाएतका कार्यक्रमहरुलाई पनि समावेस गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.