Sarawal sit lahar Notis

जिसन नवलपरासीको १९ औं वार्षिक साधारण सभा सम्पन्न्।

0 89

बर्दघाट,फागुन–२४
जिसन नवलपरासीको १९ औं वार्षिक साधारण सभा सोमवार सम्पन्न् भएको छ । रुपन्देहीको तिलोत्तमा नगरको कुञ्जलापुर पार्क भएको उक्त वार्षीक साधारण सभामा संस्थामा आवद्ध जिल्लाका सबैजसो संस्थागत विद्यालयका प्रमुख तथा प्रिन्सिपलहरुको सहभागिता रहेको थियो ।

जिसन अध्यक्ष सन्तोष रौनियारको अध्यक्षता र प्याब्सनका केन्द्रिय सचिवालय सदस्य यम बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्याब्सनका लुम्बिनी प्रदेश सचिव धनराज चापागाई,प्याब्सनका निर्वतमान जिल्ला अध्यक्ष ईन्द्र गुरुङ्ग लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले अहिलेको अवस्थामा संस्थागत विद्यालयहरुमाथी चुनौती थपिएकाले अब सबै संस्थागत विद्यालयहरुले आफ्नो शैक्षिक गुणस्तीयता संगसगै अन्य गतिविधिहरुलाई पनि अघिबढाउनु पर्नेमा जोड दिएका थिए ।

त्यसैगरी जिसनको १९औं वार्षिक साधारण सभामा संस्थाका सचिव दिपक पौडेलले पेश गर्नु भएको सांगठनीक प्रतिवेदन,कोषाध्यक्ष कृष्ण शर्माले पेश गर्नु भएको आर्थिक प्रतिवेदन,विनिराम भूषालले पेश गर्नु भएको लेखा समितिको प्रतिवेदन सर्व सम्मव पारित भएको थियो भने संस्थाको विद्यान समेत संसोधनका लागि सभामा पेश गरीएको थियो ।
त्यसैगरी
संस्थाको विद्यान संसोधन समितिमा दिपक प्रसाद पौडेल संयोजक तथा संजय ढुङ्गाना र यज्ञ प्रसाद न्यौपाने सदस्य रहेको समितिले पेश गरेको विभिन्न परिच्छेदका विभिन्न दफाहरु संसोधन सहित पारीत गरेको छ ।

कार्यक्रममा रुपन्देही तथा नवलपरासी जिल्लाका पत्रकारहरु सहित विभिन्न पप्लिकेसनका ब्यक्तिहरुको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.