Sarawal sit lahar Notis

विशालनगर कृषि सहकारी संस्था, बर्दघाट–१० को आयोजनामा उद्घोषण तालीम शुरु

0 65

कृष्ण ढकाल
बर्दघाट,फागुन–९
विशालनगर कृषि सहकारी संस्था, बर्दघाट–१० को आयोजना र बर्दघाट नगरपालिका वडा नम्वर १०को आर्थिक सहयोगमा महिलाहरुका लागि ३ दिने उद्घोषण तालीम शुरु भएको छ । बर्दघाट–१० मा रहेको सामुदायिक भवनमा आयोजना गरीएको उक्त महिला उद्घोषण तालीमको आज एक कार्यक्रमका विच बर्दघाट–१० का वडाध्यक्ष राजु मिश्रले समुद्घाटन गर्नु भएको थियो ।
सोअवसरमा बोल्दै वडाध्यक्ष मिश्रले आफनो वडाका महिला दिदिबहिनीहरुलाई सक्षम बनाउनका लागि वडाले वजेट विनियोजन गरेको बताउनु भएको थियो । गएको वर्ष कोभिडका कारणले आफुहरुले चाहे जस्तो कामगर्न नसकेपनि यस वर्षभने केहि सहज भएकाले कार्यक्रमहरु गर्न लागिएको बताउनु भएको थियो ।
जनताहरुको चाहना अनुसार वडाका धेरै स्थानमा भौतीक संरचना निमार्ण गर्न अहिलेको कार्यकालमा आफुहरु सफल भएपनि आगामि वर्ष फेरी मौका दिएमा वडावासीहरुको जनचेतना जागृत गर्न र समाजलाई दिर्गकालिन समृद्धि तर्फ लैजानेका खालका योजना वडामा संचालन गर्ने सोंच लिएको बताउदै त्यसमा पनि सबैको सहयोग रहनेमा आफु विश्वस्त रहेको धारणा राख्नु भएको थियो ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका सहकारी शाखा प्रमुख कृष्ण मरासीनीले एउटै उद्धेश्य र कार्यक्षेत्र भएका सहकारीहरु मर्चभएर अघि बढ्न सुझाब दिनु भएको थियो । सहकारीहरु संचालन गर्दा सहकारीको मर्म र सिद्धान्त अनुसार संचालन गर्न कुनै असहजता रहेका सरोकारवालाहरुले सम्वन्धित स्थानमा आएर लिखित जानकारी गराएमा त्यस्को समाधान गर्न आफुहरु सदैव तत्पर रहेको बताउनु भएको थियो ।

विशालनगर कृषि सहकारी संस्थाकी अध्यक्ष मधुमाया पौडेलको अध्यक्षता र सदस्य चन्द्र ढकालको संचालन रहेको कार्यक्रममा वडा सचिव नारायण पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

फागुन ११ गते सम्म संचालन हुने तीन दिने महिला उद्घोषण तालीममा ४० बढी महिलाहरुको सहभागिता रहेको छ भने तालीमको सहजीकरण गाउंले दर्पण अनलाईनका पत्रकार कृष्ण ढकालले गर्नुृ भएको छ ।

Leave A Reply

Your email address will not be published.