Sarawal sit lahar Notis

बर्दघाट नगरका आकांक्षि उमेदवार सम्वन्धि समाचारमा नेपाली कान्ग्रेसको ध्यानाकर्षण ।

0 46

कृष्ण ढकाल
बर्दघाट,फागुन ६
नेपाली काँग्रेस बर्दघाट नगर कार्यसमितिले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई सम्बन्धित निकायमा छलफल र परामर्श विना आफुखुशी आमागी स्थानिय तहको निर्वाचनका लागि विभिन्न पदको उमेदवार भन्दै घोषणा गर्ने गराउने कार्य नगर्न अपिल गरेको छ ।

नेपाली काँग्रेस बर्दघाट नगर कार्यसमितिका सभापति दामा्ेदर जि.सीद्धारा जारी विज्ञप्तीमा उक्त कुरा उल्ल्ेख गरीएको छ । सामाजिक संजाल र चोक चौराहामा बसेर उम्मेदवारी गर्दा गराउदाँ नेता कार्यकर्ताको मनोबल कमजोर हुने भन्दै यस्ता कार्य नगर्न अनुरोध गरीएको छ ।

त्यसैगरी विज्ञप्तीमा आधिकारिकता विना फैलाइएको अपुष्ट हल्लाका भरमा स्थानीय तहमा आकाँक्षी उम्मेदवार सम्बन्धि समाचार नबनाउन संचारक्षेत्रलाई समेत आग्रह गरेको छ ।

यस अघि बर्दघाट नगरपालिकाको नगर प्रमुख तथा उप प्रमुखका आकाँक्षी उम्मेदवार भन्दै गाउाले दर्पण अनलाईनमा समाचार सार्वजनिक भएपछि सोही समाचारलाई लक्षित गर्दै काँग्रेसले बिज्ञप्ति जारी गरेको हो । गाउाले दर्पण अनलाईनले आगामि स्थानिय तहको निर्वाचनमा नवलपरासी जिल्लाका सात स्थानिय तहहरुमा कुन कुन पाटीका कुन कुन नेताहरु प्रमुख तथा उप प्रमुख पदका लागि आकांक्षि छन् भन्ने समाचारको खोज अनुसन्धान शुरु गरेको छ ।
यस अभियान अन्र्तगत बर्दघाट नगर र सुनवल नगरको लागि नगरप्रमुख तथा उप प्रमुखहरुका आकांक्षिहरु सम्वन्धित समाचार गाउँले दर्पण अनलाईमा प्रकाशन भैसकेको छ भने अहिले अन्य पालिकाहरुको खोज अनुसान्धान जारी रहेको छ ।

Leave A Reply

Your email address will not be published.