sunwal

आधारभुत स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय अनुगमन सप्पन्न ।

47
प्रकाश न्यौपाने
माघ २४ ,नवलपरासी
पश्चिम नवलपरासीमा आधारभुत स्वास्थ परियोजनाको जिल्ला स्तरिय स्थलगत अनुगमन सम्पन्न भएको छ । पश्चिम नवलपरासीको सातै बटा पालिकामा इन्देणि सामाजिक बिकास मञ्च र आधारभुत स्वास्थ्य कार्यक्रम (फेरमेड फाउन्डेसन)को सयुक्त रुपमा संचालन गरेको आधारभुत स्वास्थ्य परियोजनाले राम्रो काम गरेको जिल्ला समन्वय समिती प्रमुख शिव शंकर रायले बताउनु भयो ।
जिल्ला स्तरीय अनुगमनका क्रममा बडहरा दुबैलिया स्वास्थ्य चौकि सरावल ५ र गुठी सुसपुरा स्वास्थ्य चौकी प्रतापपुर ७ को अनुगमन गर्दै उहाले समाजमा लुकेर रहेको कुराको खोजी हुनु आफैमा अत्यन्तै राम्रो भएको बताउदै कोहि कसैले पनि आफ्नो स्वास्थको हेलचेक्राइ नगरि नियमित स्वास्थ उपचार गरि औषधि सेवन गर्न समेत बिरामीहरुलाइ आग्रह गर्नु भयो ।
स्वास्थ्य सेवा जस्तो महत्वपूर्ण र गम्भीर विषयमा सरकार र ग्रैर सरकारी कार्यक्रम जो जसको भए पनि इमान्दारपूर्वक सञ्चालन र व्यवस्थापन गर्ने दायित्व सबैको हुनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख रायको भनाई रहेको छ ।
नवलपरासीका सम्पुर्ण स्थानीय पालिकाहरुसँगको समन्वयमा गर्दै पालिकामा रहेका स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार, ल्याव स्थापना, महिला स्वास्थ्य स्यंसेविकालाई तालिम, अपांगता भएका व्यक्तिहरुका लागि लाभ पुग्ने कार्यक्रमहरु, गर्भवती जाँचको व्यवस्थापन तथा प्रसुति प्रतिक्षा घर समेत स्थापन गरि प्रभाकारि ढ्ङ्गबाट काम गरेको अनुगमनमा सदस्य गैर सरकारि सस्था नवलपरासीका अध्यक्ष बालिन्द्र बिक्रम शाहिले बताउनु भयो ।
बडहरा दुबैलिया स्वास्थ्य चौकि प्रमुख बिजय चौधरी कुर्मीले बेवास्ता गरिएका रोगहरको खोजि गर्दा कुष्ट रोगि, अपांग भएका व्यक्ति र असायलाइ समाबेश गरि स्वयम हेरचाह समुह निमार्ण गरि उहाहरुलाइ आर्थिक गतिविधिमा ७० हजार सम्म सहयोग गरिएको बताउनु भयो ।
जिल्ला स्तरीय अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख शिव शकर राय, गैरसरकारी सस्थाका जिल्ला अध्यक्ष बालिन्द्र बिक्रम शाही, स्वस्थ कार्यलय नवलपरासीका तथ्यांक अधिकृत बजरङ्गि प्रसाद चौधरी , जिल्ला समन्वय अधिकारी शारदा गौतम, इन्द्रेणी समाजिक बिकास मञ्चकि उपाध्यक्ष साबित्री पौडेल फेरमेडका गुणस्तर सुधार कार्यक्रमका प्रमुख बिपिन थापा, आधारभुत स्वास्थ्य परियोजनाका अधिकृत किरण श्रेष्ठलगाएतको उपस्थित रहेको छ ।
https://www.youtube.com/watch?v=fKascKRo9Ro&t=31s