Jilla Ban Notis

आईटिएफ तेक्वान्दोको कालो पेटी परीक्षा बर्दघाटमा सम्पन्न् ।

0 20

कृष्ण ढकाल
बर्दघाट,माघ–२१
लुम्बिनी प्रदेश आईटिएफ तेक्वान्दो महासंघ अन्तर्गतको कालो पेटी पहिलो, दोश्रो र तेश्रो डानको पहिलो चरणको वार्षिक राष्ट्रिय कालो पेटी परीक्षा शनिवारवाट शुरु भएको छ । प्रतियोगिता लुम्बिनी प्रदेशको पूर्वीद्धार नवलपरासीको बर्दघाटबाट शुरु भएको हो ।

शनिवार बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले एक कार्यक्रमका विच कालो पेटी परिक्षा कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । रुपन्देही र नवलपरासी जिल्लाका २९ जना प्रशिक्षार्थीहरु सहभागि रहेको आईटिएफ तेक्वान्दो खेलाडीहरुको कालोपेटी परिक्षामा पहिलो डानमा २३ जना र दोश्रोडानमा ६ जना प्रशिक्षार्थीहरु सहभागि रहेका थिए ।

नवलपरासी आईटिएफ तेक्वान्दो संघका अध्यक्ष्ँ तथा प्रदेश उपाध्यक्ष रितमान कामुको अध्यक्षता र लुम्विनी प्रदेश आईटिएफ तेक्वान्दो संघका उपाध्यक्ष विक्रम ठाडा मगरको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा आईटिएफ तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला अध्यक्ष्ँ निर बहादुर सारु मगर, होम बहादुर सुनार ,आईटिएफ तेक्वान्दो संघ लुम्विनी प्रदेशका अध्यक्ष बिरेन्द्र शाही लगाएतको उपस्थिती रहेको थियो ।

बर्दघाट कभड हलमा भएको कालो पेटी पहिलो, दोश्रो र तेश्रो डानको पहिलो चरणको वार्षिक राष्ट्रिय कालो पेटी परीक्षामा प्रशिक्षार्थीहरुले आत्मरक्षा सम्वन्धी कला प्रदर्शन समेत गरेका थिए । कार्यक्रममा आईटिएफ तेक्वान्दो संघका केन्द्रीय सदस्य प्रेम कामुको संचालनमा समपन्न् भएको थियो ।

Leave A Reply

Your email address will not be published.