Sarawal sit lahar Notis

नेपाल भूमिहिन सुकुम्वासी संगठन नवलपरासीको अध्यक्षमा राम अवतार हरिजन

0 40

बर्दघाट,माघ–८
नेपाल भूमिहिन सुकुम्वासी संगठन नवलपरासीको आज सुनवलमा भएको प्रतिनिधिमुलक जिल्ला भेलाले राम अवतार हरिजनको अध्यक्ष्ँतामा २१ सदस्य जिल्ला कमिटि गठन गरेको छ।
जस्को उपाध्यक्षमा सीता बोहरा दमाई, सचिवमा परशुराम कुंवर ,कोषाध्यक्षमा मुवारक अली र सह–सचिवमा डोल्मा कुमारी चौधरी एवं दुर्याेधन प्यासी रहनु भएको छ ।
त्यसैगरी सदस्यमा रामवचन पासी,ईसुफ भुनिया,श्याम नारायण पासी,यशोदा देवि चमार,दिपब कुमार सहानी,श्रीराम गौढ,जर्नाधन वारी,कौशिल्या राजभर,कृष्ण प्रसाद पन्थरोमा वि.क. सार्की,अम्मवर हरिजन,गौमाया गुरुङ्ग,नारायण प्रसाद गौडेल मेनुका तिमिलसिना रहनु भएको छ।

त्यसैगरी नेपाल भूमिहिन सुकुम्वासी संगठनको प्रदेश प्रतिनिधिका रुपमा कृष्ण ढकाल,मोहन बहादुर बुढाथोकी,गणेश प्रसाद बस्याल र शशीआन्नद खत्रीलाई पठाउने निर्णय गरेको छ भने जिल्लाका सात वटै पालिकाहरुमा फागुनमसान्त सम्म कमिठि गठन गर्ने निर्णय समेत गरेको छ ।

नेपाल भूमिहिन सुकुम्वासी संगठनका केन्द्रिय सदस्य तथा नवलपरासी जिल्ला ईन्चार्ज शेषकान्त अधिकारीको अध्यक्षता र नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला सह–ईज्चार्ज बिमला अर्यालको प्रमुख आतिथ्यतामा जिल्ला भेला सम्पन्न् भएको थियो ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एर्व निवर्तमान भूमि सम्वन्धि समस्या समाधान आयोग नवलपरासीका अध्यक्ष अर्यालले जिल्लामा रहेका भूमिहिन सुकुम्वासीहरुको समस्याहरु समाधान गर्न वर्तमान सरकार उदासिन रहेको बताउनु भएको थियो । उहांले तात्कालीन समयमा आयोगले गरेका कार्यहरुलाई निरन्तरता दिएर भूमिहिन सुकुम्वासीहरुलाई लालपुर्जा वितरण गर्नु पर्ने बताउनु भएको थियो ।
जिल्लाका सबै पालिकाहरुमा रहेका भूमिहिन सुकुम्वासीहरु अब कोहि पनि आफुले उपभोग गरेको जग्गको लालपुर्जा पाउनवाट बन्चीत हुन नहुने भन्दै त्यसका लागि नेपाल भूमिहिन सुकुम्वासी संगठन नवलपरासी जुरमुराएर लाग्नु पर्ने बेला आएको बताउनु भएको थियो ।

त्यसैगरी नेपाल भूमिहिन सुकुम्वासी संगठनका केन्द्रिय सदस्य तथा नवलपरासी जिल्ला ईन्चार्ज शेषकान्त अधिकारीले नेकपा एमालेको भात्रृ संगठनका रुपमा रहेको नेपाल भूमिहिन सुकुम्वासी संगठनको नेतृत्व गर्न पार्टीले शान्ता चौधरीलाई जिम्मा दिएरको र सोही अनुसार अहिले संगठन विस्तार भैरहेको बताउनु भएको थियो। उहांले अब जिल्ला र पालिका स्तरमा गठन भएका नेपाल भूमिहिन सुकुम्वासी संगठनका सदस्यहरुले भूमि सम्वन्धि समस्या समाधानका लागि दवाब सृजना गर्ने देखि हक अधिकार प्राप्तीका लागि पार्टीसंगको सहकार्यमा अघिबढ्नु पर्ने धारण राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.