Jilla Ban Notis

अभिभावकसंग अन्र्तकृया कार्यक्रम सम्पन्न ।

0 113

बर्दघाट,पौष–२८
पश्चिम नवलपरासीको जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बर्दघाट १२ द्धारा रिड नेपालको सहयोगमा सञ्चालित ट्याग परियोजना अन्र्तगत अभिभावक संग जि.ई.एस.आइ. सम्बन्धी अन्र्तकृया कार्यक्रम जहदामा सम्पन्न भएको छ ।
श्रोत केन्द्रका अध्यक्ष सुरज केसीको अध्यक्षतामा सम्पन्न अन्र्तकृया कार्यक्रममा कार्यक्रमको प्रमुख उदेश्य लैगिंक समानता तथा समावेशीकरणको बारेमा छलफल गरिएको थियो । सो अवसरमा ट्याग किशोरीहरुको अभिभावकले घर परिवार र समुदायमा सबैको समान सहभागिताको नियम बनाएर घरमा लागु गर्ने प्रतिबद्धता सहित सयुक्त हस्ताक्षर गरेका थिए ।

कार्यक्रमको सहजिकरण ट्याग संयोजक लक्ष्मी धितांगले गर्नुभएको थियो । सो अवसरमा पुस्तकालयका ब्यवस्थापन समिति सदस्य प्रदिप कुमार चौधरी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रमको स्वागत योगमाया क्षेत्रीको रहेको थियो भने कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव गोपाल सिँह आलेले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.