Jilla Ban Notis

व्युटिसियन सम्बन्धी एक दिने प्रशिक्षणात्मक तथा प्रयोगात्मक सेमीनास सम्पन्न ।

0 42

कृष्ण ढकाल
बर्दघाट,पौष–२६
व्युटिपार्लर संचालन गरीरहेका नवलपरासीका ब्यवसायिक व्युटिसियनहरुका लागि व्युटिसियन सम्बन्धी एक दिने प्रशिक्षणात्मक तथा प्रयोगात्मक सेमीनास सम्पन्न भएको छ । लिभोस प्रोफेशनल कम्पनीको आयोजना तथा नेपाल व्युटीसियन संघ नवलपरासी र सौन्दर्य कला ब्यवसायी संघ नवलपरासीको समन्वयमा उक्त सेमीनास सम्पन्न् भएको हो ।

लिभोस प्रोफेशनल कम्पनीका निर्देशक रेनु श्रेष्ठको अध्यक्षता र व्युटिसियन दिपा शाहीको संयोजनमा भएको उक्त सेमिनारमा रुपन्देहीको देवदह,नवलपरासीको सुनवल,भुमहि,परासी,बर्दघाट तथा गोपिगञ्ज सम्मका १ सय २० जना ब्यवसायिक व्युटिसियनहरु सहभागि रहेका थिए ।

नवलपरासीको भुमहिमा भएको एक दिने केराटिन हेयर एण्ड स्क्रिन केयर सम्बन्धि प्रशिक्षणात्मक तथा प्रयोगात्मक सेमीनासमा केराटिन हेयर सम्बन्धि भारतबाट आएका लिबोस प्रोफेशनल कम्पनीका हेयर टेक्निसियन शैलेश यादवले प्रयोगात्मक प्रशिक्षण गराउनु भएको थियो भने लिभोस प्रोफेशनल कम्पनीकी निर्देशक तथा व्युटी एक्सपर्ट ट्रेनर रेनु श्रेष्ठले स्किन केयर सम्बन्धि प्रयोगात्मक प्रशिक्षण गराउनु भएको थियो ।

सेमिनारमा केमिकलको प्रयोग र त्यसको प्रभावकारीताका वारेमा जानकारी दिनुका साथै अनुहारको छालालाई सफा,चम्किलो र मुलायम राख्न छालाको ट्रिटमेन्ट गर्ने भन्नेवारेमा समेत जानकारी प्रदान गरीएको थियो । त्यसैगरी कपालको सुरक्षा र आकर्षणका वारेमा समेत जानकारी गराईएको थियो ।

सेमिनारमा नेपाल व्युटीसियन संघ नवलपरासीकी अध्यक्ष मञ्जु खत्री, सौन्दर्य कला ब्यवसायी संघ नवलपरासीकी अध्यक्ष सुनिता श्रेष्ठ सुनवल नगर अध्यक्ष अनिता बरायली,दिपा शाही लगाएतको उपस्थिती हरेको थियो ।

Leave A Reply

Your email address will not be published.