sunwal

टेण्ट क्याटरिङ्ग तथा पार्टी प्यालेस ब्यबसायी संघ नवलपरासीको तदर्थ समिती गठन

164

बर्दघाट,पुष–२०
पश्चिम नवलपरासीमा रहेका टेण्ट क्याटरिङ्ग तथा पार्टी प्यालेस ब्यबसायीहरुको आज भएको भेलाले टेण्ट क्याटरिङ्ग तथा पार्टी प्यालेस ब्यबसायी संघ नवलपरासीको तदर्थ समिती गठन भएको छ । २९ सदस्य जिल्ला तदर्थ समितीको संयोजकमा घनश्याम पंगेनीलाई सर्व सम्वत चयन गरीएको टेण्ट क्याटरिङ्ग तथा पार्टी प्यालेस ब्यबसायी संघ लुम्वीनी प्रदेशका सदस्य रमेश ज्ञवालीले जानकारी दिनु भएको छ ।

नवलपरासीको सुनवल नगरपालिका स्थीत धार्मिक पर्यटकिय क्षेत्र बाबा बर्दगोरीया धाममा भएको भेला टेण्ट क्याटरिङ्ग तथा पार्टी प्यालेस ब्यबसायी महासंघका केन्द्रिय सचिव बलाराम पौडेल प्रमुख आतित्थ्यतामा सम्पन्न् भएको थियो ।
सोअवसरमा बोल्दै प्रमुख अतिथि पौडेलले टेण्ट क्याटरिङ्ग तथा पार्टी प्यालेस ब्यबसायीहरु संगठित हुन आवश्यक रहेकोमा जोड दिनु भएको थियो । उहांले ब्यवसायिहरु एक नहुँदा ब्यबसायमा आईपर्ने चुनौतीको सामना गर्न असहज हुने भएकाले एक भएर लाग्न जरुरी रहेको बताउनुभएको जनाईएको छ । उहाँले ब्यबसाय गर्दा खानाका परिकारको गुणस्तरमा समेत ध्यान दिनका लागि पनि सबै ब्यापारीलाई आग्रह गर्नुभएको थियो ।

टेण्ट क्याटरिङ्ग तथा पार्टी प्यालेस ब्यबसायी संघ लुम्वीनी प्रदेशका सदस्य रमेश ज्ञवालीले भेलाको सहजीकरण गर्नुभएको थियो । पंगेनीको संयोजकत्वमा बनेको तदर्थ समितिले ६ महिना भित्र विधान तयार पारी संस्था दर्ता गरी अधिवेशन आयोजना गर्ने बताईएको छ । पश्चिम नवलपरासीमा मात्र टेण्ट, क्याटरिङ्ग र पार्टीप्यालेसको संख्या ५ सयको हाराहारीमा रहेको प्रदेश सदस्य ज्ञवालीले जानकारी दिनुभएको छ ।