बर्दघाट,पुष–२०
पश्चिम नवलपरासीमा रहेका टेण्ट क्याटरिङ्ग तथा पार्टी प्यालेस ब्यबसायीहरुको आज भएको भेलाले टेण्ट क्याटरिङ्ग तथा पार्टी प्यालेस ब्यबसायी संघ नवलपरासीको तदर्थ समिती गठन भएको छ । २९ सदस्य जिल्ला तदर्थ समितीको संयोजकमा घनश्याम पंगेनीलाई सर्व सम्वत चयन गरीएको टेण्ट क्याटरिङ्ग तथा पार्टी प्यालेस ब्यबसायी संघ लुम्वीनी प्रदेशका सदस्य रमेश ज्ञवालीले जानकारी दिनु भएको छ ।
नवलपरासीको सुनवल नगरपालिका स्थीत धार्मिक पर्यटकिय क्षेत्र बाबा बर्दगोरीया धाममा भएको भेला टेण्ट क्याटरिङ्ग तथा पार्टी प्यालेस ब्यबसायी महासंघका केन्द्रिय सचिव बलाराम पौडेल प्रमुख आतित्थ्यतामा सम्पन्न् भएको थियो ।
सोअवसरमा बोल्दै प्रमुख अतिथि पौडेलले टेण्ट क्याटरिङ्ग तथा पार्टी प्यालेस ब्यबसायीहरु संगठित हुन आवश्यक रहेकोमा जोड दिनु भएको थियो । उहांले ब्यवसायिहरु एक नहुँदा ब्यबसायमा आईपर्ने चुनौतीको सामना गर्न असहज हुने भएकाले एक भएर लाग्न जरुरी रहेको बताउनुभएको जनाईएको छ । उहाँले ब्यबसाय गर्दा खानाका परिकारको गुणस्तरमा समेत ध्यान दिनका लागि पनि सबै ब्यापारीलाई आग्रह गर्नुभएको थियो ।
टेण्ट क्याटरिङ्ग तथा पार्टी प्यालेस ब्यबसायी संघ लुम्वीनी प्रदेशका सदस्य रमेश ज्ञवालीले भेलाको सहजीकरण गर्नुभएको थियो । पंगेनीको संयोजकत्वमा बनेको तदर्थ समितिले ६ महिना भित्र विधान तयार पारी संस्था दर्ता गरी अधिवेशन आयोजना गर्ने बताईएको छ । पश्चिम नवलपरासीमा मात्र टेण्ट, क्याटरिङ्ग र पार्टीप्यालेसको संख्या ५ सयको हाराहारीमा रहेको प्रदेश सदस्य ज्ञवालीले जानकारी दिनुभएको छ ।