Jilla Ban Notis

संसारकोट भलिवल प्रतियोगिताका क्रममा एकको मृत्यु ,प्रतियोगिता स्थगीत ।

0 36

कृष्ण ढकाल
बर्दघाट,पौष–१९

बर्दघाट नगरपालिका वडा नम्वर–२ को पहाडीक्षेत्र संसारकोटमा पुष–१५ गते देखि शुरु भएको १४ पुष मेला तथा खुल्ला भलिवल प्रतियोगिता स्थगीत भएको छ । प्रतियोगिता संचलनकै क्रममा गत पौष १६ गते राती युवाहरु विच झगडा हुँदा घाईते भएका युवाको उपचारका क्रममा मृत्यु भएपछि आजवाट उक्त प्रतियोगिता प्रहरीले रोकाएको वडा नम्वर–२ का वडासदस्य एवं संसारकोटका स्थानिय समाजसेवी प्रेम सोमईले बताउनु भएको छ।

मदिरा सेवन गरेर होहल्ला गर्नेक्रममा संसारकोट र सुखौराका युवाहरु विच झगडा हुदाँ दाउराले टाउकोमा हानेर गम्भिर घाईते भएका बर्दघाट नगरपालिका वडा नम्वर–२ को पहाडीक्षेत्र सुखौराका २६ बर्षिय सूर्य बहादुर थापा को उपचारका क्रममा मृत्यु भएको बताईएको छ ।

पौष १६ गते राती भएको झगडामा घाईते भएका थापाको मेडिकल कलेज भैरहवामा उपचारकै क्रममा आज मृत्यु भएको बताईएको छ ।

यता सूर्य बहादुर थापाको मृत्यु भएपछि अहिले बर्दघट ईलाका प्रहरी कार्यालयले अनुसन्धानका लागि भन्दै १५ जनालाई आफ्नो नियन्त्रणमा लिएको वडासदस्य सोमईले बताउनु भएको छ।

प्रतियोगिताको बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालले समुद्घाटन गर्नु भएको थियो भने भलिवल प्रतियोगिताका लागि ३५ टिमले आफ्नो समुह दर्ता गराएको र अझै ७/८ टिमको खेल बांकी नै रहेको सोमईले बताउनु भयो।

प्रवेश शुल्क १५ सय रुपैया लिएर टि–टि सिस्टममा खेलाईएको भलिवल प्रतियोगितामा प्रर्थम हुने समुहले ५० हजार नगद,सिल,प्रमाण–पत्र ,द्धितिय हुने समुहले ३० हजार नगद,सिल,प्रमाण–पत्र र तृतीय हुने समुहले ५० हजार नगद,सिल,प्रमाण–पत्र र मेडल पाउने गरी प्रतियोगिता आयोजना गरीएको थियो।

Leave A Reply

Your email address will not be published.