रामु भुषल
बर्दघाट,पुष–७
आप्रवासी परिवार हकहति मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगर ९ भुतहाको सयुक्त आयोजना तथा सुरक्षित आप्रवासन परियोजना सामी हेल्भेटास र रामग्राम नगरपालिकाको सहयोगमा आप्रवासी कामदार सञ्जालको २ दिने क्षमता तथा नेतृत्व विकास कार्यक्रम बुधबार देखी भुमहीमा सुरु भएको छ ।
आप्रवासी परिवार हकहति मञ्च पश्चिम नवलपरासीका अध्इक्ष बल बहादुर थापाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बैदेशिक रोजगारबाट फर्केका, बैदेशिक रोजगारमा रहेका परिवार र बैदेशिक रोजगारमा जाने सम्भावित कामदारद्धारा गठित सञ्जालका पदाधकारीहरुलाई लक्षित गरि सो तालिमको आयोजना गरिएको हो ।
जिल्लाका सात वटै पालिका स्तरिय मञ्चका पदाधिकारीहरु, जिल्ला कमिटिका पदाधिकारी गरि ३५ जना सहभागिहरुलाई मञ्चको काम, कर्तब्य, अधिकार र नेतृत्वका बारेमा सामि हेल्भेटास नेपालका वित्तिय साक्षरता र तालिम समयोजक सनत सापकोटा, सामि हेल्भेटास नेपालका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश समयोजक पञ्चराम चौधरी, सामि हेल्भेटास नेपालका कार्यक्रम अधिकृत जिआउल हक लगाएतले सहजिकरण गर्नुभएको छ ।
सामि परियोजनाका जिल्ला समयोजक ज्ञानेश्वर भण्डारीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन आप्रवासी परिवार हकहति मञ्च पश्चिम नवलपरासीका जिल्ला सचिव रामु भुसालले गर्नुभएको थियो ।
