Jilla Ban Notis

सुस्तामा एक पुरुष बेपत्ता

परिवारजनबाट खोजी कार्य गरिदिन आग्रह

0 77

श्याम थापा

सुस्ता ७ पुष

पश्चिम नवलपरासीको सुस्ताबाट एक पुरुष बेपत्ता भएको छ । बेपत्ता हुनेमा सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिहवा स्थित बेलवानी गाउँका करिब ४५ बर्षका,गहुँ गोरो,५ फिट ६ इन्च अग्लो र शरीर पातलो भएको जयप्रकाश भेडिहार नामको पुरुष गाउँबाटै बेपत्ता भएको हो ।

बेपत्ता भेडिहार गाउँको भोज खान जान्छु भनेर घरबाट दिउँसो २ बजे देखि निस्केको र साझ पर्दा सम्म घर नआउँदा उनको श्रीमती प्रमिला पालले गाउँ भरी खोज्दा पनि फेला नपरे पछि आफ्नो आफन्तीमा खबर गरेका थिए र आफन्तीको घरमा पनि नगएको भनेर खबर आएपछि प्रमिला छाङ्गाबाट खसे जस्तो भएको भेडिहारको श्रीमती प्रमिला पालले बताइन् ।

बेपत्ता भेडिहार मानसिक रोगबाट पीडित रहेको र उनको उपचार पनि भइरहेको परिवारले जनाएको छ ।

भेडिहार यही मंसिर २७ गते देखि बेलवानी गाउँबाट हराएको र उनलाई खोजी कार्य गरिदिन भनेर उनको धर्मपत्नी प्रमिला पालले प्रहरी चौकी रामनगरलाई पहिचान सहितको फोटो समेत गरि निवेदन दिएको पालले बताइन् भने प्रहरीको खोजी कार्य जारी रहेको रामनगर प्रहरी चौकी सुस्ता ५ पक्लिहवाका इन्चार्ज बृजेश निशादले बताएका छन् ।

करिब १० दिन बितिसक्दा पनि आफ्नो श्रीमानको अत्तोपत्तो नलागेपछि मनमा एक किसिमको शंका उत्पन्न भइरहेको र आफ्नो श्रीमानको खोजी कार्यमा सहयोग गरिदिनको लागि प्रमिलाले आग्रह गरेकी छिन् भने कहिँ कतै बेपत्ता जयप्रकाश भेडिहार देख्ने र फेला पार्नु हुने ब्यक्तिले परिवारको सम्पर्क नम्बर ९८६८१५८८३१,९८५७०८०९५६ र प्रहरी चौकी रामनगरको सम्पर्क नम्बर ९८५७०१३७९३ मा सम्पर्क गरि खबर गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.