Jilla Ban Notis

मुख्यमन्त्री केसीद्धारा पाल्हीनन्दन अस्पातालको उदघाटन ।

0 60

गौरीशंकर जयसवाल

परासी २९ मंसिर
पाल्हीनन्दन गाउँपालिकाको ग्रामिण क्षेत्रमा निर्णमा भएको पाल्हीनन्दन अस्पातालको उदघाटन गरिएको छ । पाल्हीनन्दन गाउँपालिकाको वडानं ४ स्थित लौहरौलीमा निमार्ण भएको १५ शैयाको अस्पातल उदघाटन गरिएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज एक समारोेहको बिच १५ शैयाको पाल्हीनन्दन अस्पातलको उद्घाटन गर्नु भएको हो । अस्पातल उद्घाटन गदै केसीले मुलुकभित्र हुने उपचार सम्पूर्ण प्रबिधी र दक्षचिकित्सक सहित सेवा प्रवाहन गर्नकोे लागि प्रदेशमा दुई वटा गौरबको अस्पातल निमार्ण गर्र्ने लागिएको बताउनु भयो। उहांले लुम्बिनी प्रदेशीक अस्पातल र राप्ती प्रदेशीक अस्तापलबाट दक्षप्रबिधी र दक्षचिकित्सक सहित सेवा प्रवाहन गर्नको लागि प्रदेश सरकार गृहकार्यको थालिनी गरिएको बताउनु भयो ।

लुम्बिनी प्रदेशीक अस्पातल र राप्ती प्रदेशीक अस्तापलबाट ४० लाख जनता र अन्य प्रदेशका जनताहरुले सरल र दक्षचिकित्सक सहित सेवा लिन पाउने मुख्यमन्त्री केसीले बताउनु भयो। स्वास्थ्य शिक्षामा प्रथामिकता राखेर प्रदेश सरकारले योजनाका काम गरेको मुख्यमन्त्री केसीले बताउनु भयो ।
लुम्बिनी प्रदेश सरकारले तीन वटा रोेगबाट ग्रसित भएका जनतालाई दुईलाख सम्मको उपचार खर्च बेहोर्ने गरी औषधी उपाचार गर्ने गरेको बताउदै त्यसमा पनि मुटु रोगी,क्यान्सर रोगी किड्नी रोगबाट ग्रसित भएका जनतालाई दुई –दुई लाख सम्म औषधी खर्च सरकारले उपलब्ध गराउदै आएको केसीले बताउनु भयो।

लुम्बिनी प्रदेश सरकारले सस्तो र सहुलियत दरमा ऋण जनतालाई उपलब्ध गराउने कार्यबिधी बनाईरहेको भन्दै जनतालाई कृषि स्वास्थ्य शिक्षामा टेव पुग्ने गरि काम गरिरहेको मुख्यमन्त्री केसीले दाबी गर्नु भयो।
करिब साढे ६ करोडको लगातमा निमार्ण १५ शैयाको पाल्हीनन्द अस्पातल निमार्ण गरिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिनु भयो । अस्पातल तीन तल्लाको निमार्ण गरिएको छ जसमा प्रसुती सेवा माईनर ओटी अप्रेशन कक्ष ईमरजेन्सी वार्ड ओपीडी सेवा र डाक्टर बस्ने आवास गरि करिब २५ कोठा निमार्ण गरिएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बतानु भएको छ ।

Leave A Reply

Your email address will not be published.