Sarawal sit lahar Notis

सामुदायिक अगुवाहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न्

0 61

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२१
ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगरको आयोजनामा आज बर्दघाटमा सामुदायिक अगुवाहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न् भएको छ ।
मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदीको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको हो ।

नेपाल सरकार र स्विस सरकारको दुईपक्षिय सम्झौता अनुसार नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानिय तहको नेतृत्व र हेल्भेटास नेपालको प्राविधक सहयोगमा ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगरद्धारा नवलपरासीका सातवटै स्थानिय तहमा सुरक्षित आप्रवासन परियोजना सामी संचालन गरेको छ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले जनचेतना फैलाउने र वैदेशिक रोजागरमा ठगीनेवाट जोगाउनेका लागि स्थानिय तहले सुरक्षित आप्रवासन परियोजना सामीसंग सहकार्य गरेको बताउनु भएको थियो । उहांले मानिसहरु नबुझिकन हल्लाको भरमा विदेश जादा हुन सक्ने संभावित खतराका वारेमा समेत जानकारी दिने भएकाले यो परियोजना निक्कै प्रभावकारी रहेको बताउनु भएको थियो ।

बैदेशिक रोजगारीसंग सम्बन्धित रहेर आयोजना गरीएको उक्त कार्यक्रममा बर्दघाट नगरपालिकाकी नगर उप–प्रमुख माया देवि पौडेल,प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्य लगाएतको उपस्थिती रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा बर्दघाट नगरक्षेत्रमा रहेका बैदेशिक रोजगार संग सम्बन्धित बैदेशिक रोजगारमा जाने लक्षित युवा युवती र बैदेशिक रोजगारबाट फर्किएका युवा युवतीmहरु र नगर क्षेत्रका विभिन्न प्रकृतिका सामाजिक संघ संस्था र राजनितिक दलका जिम्मेवार ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सामि परियोजनाका संयोजक ज्ञानेश्वर भण्डारीले सामाजिक लागतका वारेमा जानकारी दिनु भएको थियो भने सामाजिक लानछाना र भेदभावका वारेमा मनोसामाजिक सुपरिवेक्षक विनय महजैनले जानकारी दिनु भएको थियो । त्यसैगरी परियोजनाका प्रदेश संयोजक जिआउल हकमनीहारले वैदेशिक रोजगारीको अवस्था र सुरक्षित कसरी हुने भन्नेवारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रम परियोजनाका रिटर्नी भोलिन्टियर रामु भुसालले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.