Jilla Ban Notis

विशेष राष्ट्रिय भेलाको तयारीमा जुट्दै क्रान्तिकारी पत्रकार महासंघ

0 73

बर्दघाट,मंसिर –१८
जनपक्षीय पत्रकारहरुको साझा संस्था क्रान्तिकारी पत्रकार महासंघको विशेष राष्ट्रिय भेला पश्चिम नवलपरासीको बर्दघाटमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको तयारीको रुपमा यही पौष ४ गते पश्चिम नवलपरासीको बर्दघाटमा बिशेष राष्ट्रिय भेला हुने महासंघका प्रदेश संयोजक रवि पाण्डेयले बताउनुभयो ।
क्रान्तिकारी पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले शनिवार बर्दघाटमा पत्रकार भेटघाट कार्यक्रम गरी उक्त जानकारी दिएको हो । कार्यक्रममा महासंघको प्रदेश सचिवालयको बिस्तारित बैठकको निर्णयहरु सार्वजनिक गरिएको थियो । सो क्रममा प्रदेश संयोजक रवि पाण्डेयद्वारा हस्ताक्षरित प्रेस बक्तब्य बितरण गरिएको थियो । बक्तब्यमा नेपालमा विदेशी लगानीका सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाउन माग गरिएको छ । मिडियामा बढ्दो बैदेशिक र अपारदर्शी लगानीले नेपालको स्वाधीनता र सार्वभौमिकतामाथि नै खतरा उत्पन्न गर्ने ठहर गर्दै बैठकले यसको विरोधमा सशक्त आवाज उठाउने निर्णय गरेको छ । –उल्लेख गरिएको छ ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठले फागुनमा हुने हुने राष्ट्रिय सम्मेलनलाई ध्यान दिएर राष्ट्रिय भेला आयोजना गरिएको जानकारी दिनुभयो । भेलामा ५५ जिल्लाका १ सय ५० जना प्रतिनिधि तथा पर्यबेक्षक सहभागी हुने श्रेष्ठले बताउनुभयो । भेलाको उद्घाटन क्रान्तिकारी माओबादीका महासचिव मोहन बैद्य किरणले गर्ने उहाँले जानकारी दिनुभयो ।
पत्रकार भेटघाटमा नेकपा (क्रान्तिकारी माओबादी) पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज प्रेम सुवेदीले राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा पत्रकारहरुको कलम चल्नुपर्ने बताउनुभयो । उहाँले बैदेशिक हस्तक्षेप बृद्धि भएको बर्तमान अवस्थामा राष्ट्रिय स्वधीनताको पक्षमा पत्रकारहरुको मिसन हुनुपर्नेमा जोड दिनुभयो ।
महासंघका प्रदेश संयोजक रवि पाण्डेको अध्यक्षता, संगठनका महासचिव रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यता, क्रान्तिकारी माओवादीका पोलिटब्यु्रो सदस्य प्रेम सुबेदीको बिशेष आतिथ्यतामा भएको कार्यक्रमको संचालन महासंघका केन्द्रिय सदस्य दामोदर खनालले गर्नुभएको थियो । त्यस्तै प्रदेश सचिवालयको विस्तारित बैठकले प्रदेशका १२ वटै जिल्लामा भेला तथा प्रतिनिधि पर्यबेक्षक छनौटलाई तीब्रता दिनेलगायतका निर्णय समेत गरेको खनालले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.