Jilla Ban Notis

सामुदायिक वनहरुमा शुन्यता छ : पन्त

0 29

कृष्ण ढकाल
बर्दघाट,मंसीर १८
वनशक्ति सामुदायिक वनउपभोक्ता समूह बर्दघाट १० अलावलकाे १३आै वाषिर्क साधारणसभा सम्मपन्न भयकाे छ । वनशक्ति सामुदायिक वनका अध्यक्ष इन्द्र बहादुर चाैधरीकाे अध्यक्षता र बर्दघाट सरावल सवडिभिजन वन कार्यालय बर्दघाटका प्रमुख गिरिराज पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे। कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पन्तले सामुदायिक वनहरुमा शुन्यता आएकाे बताउनु भएको छ । डेढबर्ष देखि सामुदायिक वनमा शुन्यता आउदा सबै राजनीति दलका नेताहरु र जनप्रतिनिधिहरु माैन रहनु उपभोक्ताहरुका लागि अपमान भएको पन्तको भनाइ रहेको थियोे ।
वैज्ञानिक वन र दिगो वन ब्यवस्थापनकाे तुलना गरेका कारणले वैज्ञानिक वन ब्यवस्थापन खारेज गरिएको र दिगो वन ब्यवस्थापन लागुगर्ने तयारीमा सरकार लागिपरेकाे बताउनु भएकाे थियोे । उहाँले अब आफ्ना उपभोक्तालाई आफ्नाे वनजंगलमा रहेका खाेलाहरुवाट नदिजन्यवस्तु वितरण गर्ने वातावरण सृजना गर्नुपर्ने बतानु भएको थियाे।

त्यस्तै सामुदायिक वनमहासंघ नवलपरासीका अध्यक्ष कमल परियारले सबैउपभाेक्ताहरुलाई समान ब्यवहार गर्दै अघिबढ्न आग्रह गर्नु भयकाे थियाे । उहाँले स्थानीय वन जंगल र खाेलाकाे संरक्षणमा सबै लाग्नु पर्नेमा जाेडिदनु भएकाे थियाे । सहकार्य विना संरक्षण असंभव रहेकाले सराेकारवालाहरु एक भएर लाग्न जरुरि रहेकाे बताउनु भएको थियोे ।

कार्यक्रममा अध्यक्ष,सचिव ,काेषाध्यक्ष र लेखा समितिकाे प्रतिवेदन प्रस्तुत् गरिएकाे थियाे । जस्मा समुहले २२ लाख ४३ हजार ३ सय ६५ रुपैयाँ बराबरकाे आर्थिक प्रतिवेदन प्रस्तुत गरिएकाे थियोे । संस्थाका उपाध्यक्ष नमकला चौधरीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन सचिव सारदा पोख्रेलले गर्नु भएको थियो ।

२०५४ सालमा सामुदायिक वन हस्तान्तरण भएको वनशक्ति सामुदायिकमा अहिले २ हजार १ सय ६८ घरधुरीका २ हजार ६ सय ६८ जना उपभोक्ताहरु आवध्द रहेका छन् । २०७० सालकाे कार्तिकमा विधिवत रुपमा दर्ता भएर आफ्नो कार्यलाई अगाडि बढाएकाे वनशक्ति सामुदायिक वनले ४ सय ४ दशमलव ३३ हेक्टर जङ्गल लाई संरक्ष गर्दै आएकाे छ ।
पूर्वमा चिसापानी सामुदायिक वन,पश्चिममा संसारकाेट हरियाली सामुदायिक वन,दक्षिण मा आवादि जग्गा र उत्तरमा राष्ट्रिय वन रहेको साे वनमा ५ वटा ब्लक रहेका छन् । प्राकृतिले दिएका र वृक्षारोपण गरेर हुर्केका साल,असना,बांझि,सिसम,कर्मा,कुसुम आदिले भरिएकाे वनशक्ति सामुदायिक वनले बर्दघाट नगरपालिका वडा नं १० र ११,सरावल गाउँपालिका वडा नं ३ तथा पाल्हिन्नदन गाउँपालिकाकाे वडा नं १ का उपभोक्ताहरुलाई सेवा प्रवाह गरिरहेकाे छ ।

Leave A Reply

Your email address will not be published.