Sarawal sit lahar Notis

लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यक्रम सम्पन्न ।

0 81

गौरीशंकर जयसवाल
परासी १७ मंसिर
स्वास्थय क्षेत्रमा लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी एक दिने अभिमुखिकारण कार्यक्रम आज परासीमा सम्पन्न भएको छ ।रामग्राम नगरपालिकाको आयोजना र यूएसआईडि ,स्वास्थ्यको लागि सक्षम प्रणालीको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
समाजका सबै वर्गका महिला तथा बालबालिका र पुरूषहरूले आफ्नो स्वास्थ्य उपचार गर्न र स्वास्थ्य सेवा लिन समान पहुँच पुग्नुपर्छ भन्ने सन्देश प्रवाहको लागि कार्यक्रमको आयोजना गरिएको स्वास्थ्यको लागि सक्षम प्रणाली संस्थाका स्वास्थ्य समताका फोर्कल प्रसन निलम धनुशेले जानकारी दिनुभयो ।
समानता शक्ति , समाजमा लैङ्गिक समानता कसरी र लैङ्गिक मुलप्रवाहिकारण कसरी गर्न सक्छौं भन्ने बिषयमा सहजिकारण गरिएको तुलाधरले बताउनुभयो ।उहाँका अनुसार अन्तरबिबिधाता ,प्रवाहको बिषयमा र सिमाकृन्त महिला,पुरूषहरूलाई मुलप्रवाहमा कसरी ल्याउन सकिन्छ भन्ने बिषयमा सहजिकारण गरिएको थियो ।

लैङ्गिक मुलप्रवाहिकारण , लैङ्गिक समानता र सामाजिक समानता नहुदाँसम्म हामिले चाहे जस्तो स्वास्थ्य सेवा पुराउन नसकिने फोर्कल प्रसन निलम धनुसेले बताउनुभयो ।
कार्यक्रममा रामग्राम नगरपालिका नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले स्वास्थ्यसेवा स्वास्थ्यकर्मीले सेवा दिदाँ नगरिकलाई कुनै पनि भेदभाव नगरिकन सेवा दिनुर्पर्नेमा जोड दिनुभएके थियो ।उहाँले स्वास्थ्यकर्मीले नगरिकलाई स्वास्थ्यसेवा दिदाँ समानताको मुलप्रवाहिकारण अनुसार सहज सेवामा ध्यानदिन स्वास्थ्यकर्मीहरूलाई अग्रह गर्नु भएको थियो ।
रामग्राम नगरपालिकाका शाखा प्रमुखहरू ,कार्यपालिका सदस्यहरू स्वास्थ्य ईन्चार्जहरू गरि ५० जनाको सहभागीता रहेको प्रमुख प्रशाकिय अधिकृत रूद्र प्रसाद रेग्मीले जानकारी दिनुभयो ।कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रामनरेश राय,हेल्थ असिस्टेन्ट सुरज हरिजन लगायतले आफानो धारण राख्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.