Sarawal sit lahar Notis

मिनि भाटभटेनीका रुपमा बर्दघाटमा मोर्डन किराना संचालन ।

0 101

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१९
बर्दघाट १३ का मनोहर रायमाझी र सुस्ताका कमल अमात्यको संयुक्त लगानीमा बर्दघाट बजारमा संचालनमा रहेको मोर्डन किनाराले बर्दघाट आसपासका उपभोक्ताहरुलाई दिने सेवा दिन प्रति–दिन प्रभावकारी बन्दै भएको छ ।

मिनि भाटभटेनीका रुपमा बर्दघाटमा संचालनमा रहेको मोर्डन किनाराले अहिलेको समयअनुकुलका गुणस्तरीय उपभाोग्य वस्तुहरु सहज र सर्वशुलब मुल्यमा उपभोक्ताहरुलाई उपलब्ध गराउन शुरु गरेसंगै मोर्डन किरानाको प्रभावकारीता बढ्दै जानथालेको मोर्डन किराना संचालक मनोहर रायमाझीले बताउनु भएकोछ । गएको घटस्थापनावाट आफ्नो सेवा सुभारम्भ गरेको मोर्डन किराना बर्दघाटले उपभोक्ताहरुको सुविद्यालाई मध्यनजर गरी केहि समयपछि होमडेलिभरीको समेत सुविद्या दिने तयारीमा लागेको मोर्डन किरानाका संचालक कमल अमात्यले बताउनु भएको छ ।

 

सामाजिक सेवामा कटिबद्ध रहेर विभिन्न संघ–संस्थामा जिम्मेवारी सम्हाली सफलता हातपारीरहेका अमात्य र रायमाझी अहिले फेरी संयुक्त लगानी गरेर ब्यवसायिक सफलता हात पार्ने तयारीमा जुटेका छन् । आफुमात्र आत्म निर्भर भएर हुदैन अरुलाई पनि रोजगारी दिने र उनीहरुको जिविकोपार्जनमा सहयोग गर्न सके मात्र आफ्नो जिवन सार्थक रहने भन्दै आफुहरुले यसप्रकारको ब्यवसाय शुरुगरेको संचालक अमात्यको भनाई रहेको छ ।

कमउमेरमा नै सफल ब्यवसायिका रुपमा बजारमा सु परिचित रहेका द्धय अमात्य र रायमाझीले सवा  करोडको लगानीमा बर्दघाट बजारमा मोर्डन किराना संचालन गरेको बताएका छन् । बर्दघाटमा रहेको सिद्धार्थ र मेघा बैंकको विचको भवनमा रहेको मोर्डन किरानामा किरानाका सबै उपभोग्य वस्तुहरु सहज र सर्वशुलभ मुल्यमा उपलब्ध गराईने संचालक रायमाझीले बताउनु भएको छ । त्यसैगरी केहि समयपछि सुस्ता गोपिगञ्ज,जिमिरेभार लगाएतका क्षेत्रमा आफ्नो शाखा संचालन गर्ने सोंच लिईको संचालक रायमाझीले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.