Sarawal sit lahar Notis

चन्द्रोदय बहुउद्धेश्यीय सहकारी संस्था लि.को नेतृत्व चयनमा रस्सा–कस्सी हुदै ।

0 52

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१३
चन्द्रोदय बहुउद्धेश्यीय सहकारी संस्था लि.बर्दघाट–१४ को २८ औं वार्षिक साधारण सभा तथा नेतृत्व चयन कार्यक्रमको समुद्घाटन कार्यक्रम आज सम्पन्न् भएको छ । संस्थाका अध्यक्ष पूर्ण प्रसाद तिमिल्सिनाको अध्यक्ष्ँता र लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा समुद्घाटन कार्यक्रम सम्पन्न् भएको हो ।

कार्यक्रमलाई सम्बोधनगर्दै प्रदेश सभा सदस्य अधिकारीले अब एक संस्था एक काम गर्न आग्रह गर्नु भएको थियो । सबैले सबैक्षेत्रमा काम गर्दा सफलता हातपार्न नसकिने भएकाले अब एक संस्था एक कामको निति अबलम्वन गर्नु पर्नेमा जोड दिनु भएको थियो । ४१ अ‍ौँ विश्वखाध्य दिवसको उपलक्षमा दुग्ध सहकारी क्षेत्रमा उत्कृष्ट योगदान पुराय्उन चन्द्रोदय बहुउद्धेश्यीय सहकारी संस्था अब्बल भएकाले राष्ट्रिय स्तरको द्वितीय पुरस्कार सहित को प्रमाणपत्र प्राप्त गरेकोले प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

त्यसैगरी बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले किसानहरुले गरेको पशु ब्यवसायमा सहयोग गर्न नगरपालिका सदैव लागि परेको बताउनु भएको थियो । उहांले अब किसानहरुको उत्पादन लागत कमगर्ने र किसानलाई आम्दानी तर्फ केन्द्रीत गने कार्यमा नगरपालिका बढी केन्द्रीत रहेको पनि बताउनु भएको थियो।

कार्यक्रममा,संस्थाका अध्यक्षको प्रतिवेदन,सचिवको प्रतिवेदन ,संस्थाका ब्यवस्थापकवाट लेखाप्रतिवेदन र लेखा समितिका संयोजकको प्रतिवेदन प्रस्तुत् गर्नुका साथै पारीत समेत भएको छ ।
संस्थाका सचिव भरत प्रसाद देवकोटाको संचालन रहेको कार्यक्रममा बर्दघाट नगरपालिकाकी उप–प्रमुख माया देवि पौडेल ,वडानम्वर १ का वडाध्यक्ष मोतीलाल सुनार लगाएतको उपस्थिती रहेको थियो ।

चन्द्रोदय बहुउद्धेश्यीय सहकारी संस्था लि.बर्दघाट–१४ को आजको नेतृत्वचयको कार्य भने अझै सम्म टुङ्गोमा पुग्न सकेको छैन । विषेशगरी अध्यक्ष पदका लागि ५ जनाले आफ्नोे उमेदवारी रहने ईच्छा जाहेर गरेपनि अन्तीममा ३ जनाले वर्तमान अध्यक्षलाई नै अध्यक्ष बनाउने सहमति जनाउदै पछि हटे पनि दुई जनामा अहिले ८ बजे राती सम्म सहमति जुटेको छैन । तर सहमति गर्ने प्रयास भने जारी रहेको बताईएको छ ।

संस्थाले आज प्रस्तुत गरेको आफ्नो प्रतिवेदनमा २ करोड ९३ लाख८४ हजार ५ सय रुपैया शेयर पुर्जी ९० लाख ४ हजार ६ सय ९५ रुपैया जगेडा कोष र ९६ लाख ८५ हजार ४ सय २८ रुपैया अन्य कोष रहेको जनाएको छ । १ हजार ५० जान आफ्ना साधरण शेयर सदस्यहरु रहेको उक्त संस्थाले ढ जना कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको प्रतिवेदनमा जनाएको छ ।
त्यसैगरी संस्थाले १० करोड ९१ लाख ५८ हजार ७ सय ५० रुपैया ऋण लगानी गरेको पनि जनाएको छ ।

Leave A Reply

Your email address will not be published.