Bardaghat Na pa

प्रमुख जिल्ला अधिकारी चढ्ने गाढीमा चौरासी पुजामा गएका ब्यक्तिहरु ओसारीदै ।

58

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–४
प्रमुख जिल्ला अधिकारी चढ्ने गाढीमा सर्वसाधरण ब्यक्तिहरु बोकेर चौरासी पुजामा हिड्ने गरेको पाईएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय स्याङ्गजाका प्रमुख जिल्ला अधिकारी चढ्ने गाढीमा यस्तो भेटिएको हो ।
बा २ झ ७८ नम्वरको जिल्ला प्रशासन कार्यालय स्याङ्गजाका प्रमुख जिल्ला अधिकारी चढ्ने गाढीले चौरासी पुजावाट आएको बताउने ६ जना ब्यक्तिहरुलाई बोकेर नवलपरासी जिल्लाको बर्दघाट आएको थियो ।

कार्तिक २ गते मंगलवार स्याङ्गजावाट काठमाण्डौका लागि जान भनेर हिडेको उक्त गाडी ३ गते बुधवार चौरासी पुजामा गएका मानिसहरु बोकेर नवलपरासीको बर्दघाटमा आएको थियो ।

गाडीको प्रयोगका विषयमा जिल्ला प्रशासन कार्यालय स्याङ्गजाका प्रमुख जिल्ला अधिकारी राजन पौडेलसंग बुझदा आफु बुधवार मात्र स्याङ्गजामा हाजिर भएको र उक्तदिन आफु भन्दा पहिले प्रमुख जिल्ला अधिकारी रहनु भएका दिपकराज नेपालले गाडी लगेको बताउनु भएको छ ।
प्रशासन कार्यालयको गाडी नेपाल सरको सुविद्याका लागि मात्र प्रयोग हुनु पर्नेमा सर्वसाधरण ब्यक्तिहरु बोकेर चौरासी पुजामा हिडेको विषयमा प्रमुख जिल्ला अधिकारीसंग जिज्ञासा राख्दा त्यसवारेमा आफुलाई कुनै जानकारी नै नभएको बताउनु भयो । उहांले नेपाल सरले आफुघर जानका लागि भनेर लगेको बताउदै अरु कुरा आफुलाई थाहा नभएको बताउनु भएको छ।

यस विषयमा थप जानकारी लिनका लागि स्याङ्गजाका सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्मासंग बिहिवार विहान अर्थात आज सम्पर्क गर्दा बा २ झ ७८ नम्वरको जिल्ला प्रशासन कार्यालय स्याङ्गजाको गाडी जिल्लावाट सरुवा भएर काठमाण्डौ जानका लागि पहिलेका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको सुविद्याका लागि दिईएको र आज सम्म गाडी जिल्ला नआएको बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालयको गाडी किन यसरी दुरुपयोग भएको छ भन्ने विषयमा गाडी प्रयोग गर्नु भएका दिपकराज नेपालसंग सम्पर्क गर्नका लागि राजन पौडेल र हरि शर्मासंगवाट समेत नम्वर उपलब्ध नभएकाले गाडी अहिले कहां छ ? र किन प्रमुख जिल्ला अधिकारी चढ्ने गाढीमा चौरासी पुजामा गएका ब्यक्तिहरु ओसारीदै थियो भन्ने कुरा बुझन सकिन ।